ह्योल्मो समाज इजरायलको १२ औ बार्षिक उत्सव भब्य रुपले सम्पन्न |

जनजाती बिशेस    विदेश

ह्योल्मो समाज इजरायलको १२ औ बार्षिक उत्सव भब्य रुपले सम्पन्न |
जुलाई १८ तेलअविव:--ह्योल्मो समाज इजरायलको १२ औ बार्षिकोत्सव भव्यताका साथ मनाएको छ | १३ जुलाई २०१८ (शुक्रबार)को साँझ तेलअविवमा ह्योल्मो समाज इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मोको सभापतित्वमा तथा द्वितीय उपाध्यक्ष सर्किनी ज्यबा ह्योल्मोको संयोजकत्वमा भएको कार्यक्रममा प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ, बिशेष अतिथिमा (NRNA,NCC )का महासचिव तेन्जिन शेर्पा, नेपाल मगर संघ इजरायलको निमन्त्रणामा इजरायल आउनु भएकी नेपाल मगर संघ केन्द्रका महिला उपाध्यक्ष एवं राष्ट्रिय आदिवासी जनजाति महासंघ केन्द्रकी भुतपुर्ब महासचिब गंगा खासु मगर रहनु भएको थियो | अतिथिहरुमा नेफिन इजरायलका भुतपुर्ब अध्यक्षहरु लगायत इजरायलमा रहेका राष्ट्रिय आदिवासी जनजाति समुदायका ८ संस्थाका अध्यक्षहरु लगायत अन्य बिभिन्न संघसंस्था मध्ये क्रियाशील राजनीतिक संगठनका अध्यक्षहरु,सामाजिक संस्था र क्रियाशील अनलाइन संचार माध्यमका मिडीयाकर्मिहरुको उपस्थित रहेको थियो |सभापति प्रमुख अतिथि र बिशेष अतिथि ज्यूहरु द्वार संयुक्त रुपमा दीप प्रज्वालन गरी कार्यक्रमको उद्घाटन गर्नु भए लगतै राष्ट्रिय गान गाएर आफ्नो राष्ट्रप्रति सम्मान गरिएको थियो | साथै आदिवासी ह्योल्मो समुदाय बौद्ध धर्मावलम्वी भएको हुनाले संस्थाको धार्मिक संयोजक लामा लोप्सङ्ग एबा ह्योल्मोको संयोजकत्वमा र इजरायलमै बसी इन्टरनेट मार्फत धार्मिक बिधि अध्ययन तथा हिमाली बौध धर्म लिपि (सम्भोटा लिपि) अध्ययन गरी सफल हुनुभएकी ह्योल्मो मणि समुहका आजि न्होमो मध्ये दावा डोल्मा ह्योल्मो,खेन्ड़ो लामा ह्योल्मो,दिकी माया ह्योल्मोले संयुक्त रुपमा धार्मिक पुजा (छेपा फुल्सी) गर्नु भएको थियो | छेपा लगतै ह्योल्मो समाज इजरायल स्थापना भएको १२ औ बर्ष पुगेको खुशियालीमा अतिथिहरु लगायत संस्थाको सल्लाहकारहरुले संयुक्त रुपमा केक काटेको थियो |कार्यक्रममा सहभागी हरुलाई स्वागत गर्दै संस्थाकी द्वितीय उपाध्यक्ष सार्किनी ह्योल्मोले स्वागत मन्तव्य राखेकी थिइन् | कार्यक्रममा शुभकामना मन्तव्य बिशेष अतिथि गंगा खासु मगरले नेपालको आदिवासी जनजातिको अवस्था,मुद्दा र आन्दोलनको बिषयमा छोटकारीमा मन्तब्य राख्नु भएको थियो |कार्यक्रममा इन्टरनेट मार्फत बिभिन्न श्रेदय धार्मिक गुरुहरुबाट धार्मिक बिधि र हिमाली बौद्द धर्म लिपि ( सम्भोटा लिपि ) अध्ययन गरि सफल हुनुभएकी ह्योल्मो मणि समुहका आजि न्होमो मध्ये दावा डोल्मा ह्योल्मो , खेन्ड़ो लामा ह्योल्मो,दिकी माया ह्योल्मोलाई ह्योल्मो समाज इजरायलको तर्फबाट खादा लगाई वहाँहरुको प्रयास सफलता र योगदानको कदर गरिएको र बाँकी पछि उपस्थित भएकाहरुलाई अन्त्यमा स्वागत र सम्मान सहित खादा लगाई प्रोत्साहित गराउने कार्य भएको थियो | कार्यक्रमका प्रमुख अतिथि नेपाल आदिवासी आदिवासि जनजाति महासंघ इजरायलका अध्यक्ष नरेश कुमार श्रेष्ठ बिशेष अतिथि NRNA,NCC का महासचिव तेन्जिन शेर्पा साथै ८ राष्ट्रिय आदिवासी जनजाति संस्थाहरुको अध्यक्षहरु लगायत राजनीतिक संगठनका अध्यक्षहरु नेपाली संघीय समाज इजरायल (ससफो)का अध्यक्ष सुन्दर सिंह लामा तामाङ र प्रवासी नेपाली मंच (नेकपा ) का अध्यक्ष तिर्थ गौतमले शुभकामना संगै इजरायलमा रहेका राजनीतिक संगठनका उदेश्य र स्वदेशमा भैरहेका राजनीतिक घटना क्रमहरुको बारेमा छोटकारिमा प्रस्ट्याउने कोसिस गर्नु भएको थियो | कार्यक्रमको मध्यान्तरतीर खाजा नास्ताको व्यवस्था थियो भने अन्तिम अन्तिम चरणमा लाइट फुडको व्यवस्था गरिएको थियो | कार्यक्रमको अन्तिम अन्तिम चरणमा सल्लाहकार एवं सांस्कृतिक संयोजक छिरिङ् म्हेंदो श्याङ्बा ह्योल्मोले ह्योल्मो संस्कृतिको बारेमा प्रशिक्षण र जगेर्नाको आह्वान गर्नु भएको थियो भने धार्मिक संयोजक एवं प्रमुख सल्लाहकार लोप्सङ् लामा एबा ह्योल्मोले ह्योल्मो समुदायले मान्दै आएको बौद्ध धर्म र यसको संरक्षण र सम्बर्धन बारे प्रवास भूमिमा कसरि गर्न सकिन्छ भन्ने बारेमा प्रशिक्षण तथा मन्तव्य राख्नु भएको थियो | कार्यक्रमकी सभापति तथा ह्योल्मो समाज इजरायलकी अध्यक्ष पेम्बा डोल्मा ह्योल्मो द्वार उपस्तिथ अतिथिहरु र कार्यक्रममा प्रत्यक्ष अप्रत्यक्ष निरन्तर सहयोग गर्नु भएका सम्पूर्णलाई शुभकामना सहित धन्यवाद व्यक्त गर्दै औपचारिक कार्यक्रम समापन गरेकी थिइन् | कार्यक्रम संस्थाका सचिब समिर ह्योल्मोले कुशलतापुर्वक संचालन गरेका थिए | साथै शनिबार ह्योल्मो समाज इजरायलले भ्रमण कार्यक्रम सफलतापुर्वक सम्पन्न गरेको थियो |   photo :-bbcenews

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...