ह्योल्मो समाज इजरायलको एतिहासिक १२ औ बार्षिक उत्सव भव्यताका साथ मनाईने |

जनजाती बिशेस    विदेश

ह्योल्मो समाज इजरायलको एतिहासिक १२ औ बार्षिक उत्सव भव्यताका साथ मनाईने |
जुलाई ३ तेल अभिब :-बैदेशिक रोजगारको शिलशिलामा इजरायलमा रहेका ह्योल्मो समुदायलाई एकताबद्द गर्दै ह्योल्मोहरुको आफ्नो भाषालिपी , धर्म , कलासंस्कृति ,भेषभुषा संरक्षण तथा सम्बर्द्धन गर्ने उद्देश्यले परदेशी भूमिमा स्थापित ह्योल्मो समाज इजरायलले १२ औ बार्षिकोत्सव मनाउने भएको छ |आगामी १३ जुलाई शुक्रबार २०१८ साँझ तेल अभिवमा '' हाम्रो पहिचान ,हाम्रो अधिकार ह्योल्मो भाषा, भेषभुषा,लिपि ,कला तथा संस्कृतिको संरक्षण तथा सम्बर्धन गरौ ''भन्ने मूल नाराको साथ १२ औ बार्षिक उत्सव भब्य रुपले मनाउने भएको जानकारी समाजका सचिव समीर लामा श्यांग्बाले दिनु भएको छ | यस एतिहासिक कार्यक्रमलाई भव्यताको साथ सफल पार्नको लागि आफनो जातीय पहिचान झल्किने पोशाकमा उपस्थित भईदिनको लागी  इजरायलमा रहनु भएका सम्पूर्ण ह्योल्मो समुदाय,इजरायलमा स्थापित सम्पूर्ण संघ ,सस्था ,मिडियाकर्मी लगायात तथा इजरायलमा कार्यरत सम्पूर्ण इजरायलबासी नेपाली दाजुभाई, दिदीबहिनीहरुलाई सहभागी भई कार्यक्रम सफल पारिदिनु हुन ह्योल्मो समाजले हार्दिक अपिल गरिएको छ | ह्योल्मो समाज इजरायल- मिति :- १३ जुलाई शुक्रबार २०१८ समय :- ठिक ६:०० बजे साँझ स्थान : नेविशनन ४७ तेल अभिव इजरायल  

साथै १४ तारिख शनिवारका दिन इजरायलको रमणिय पर्यटकिय स्थल गान हासलेासा नेशनल पार्क , मिनी जु भ्रमण जाने आयोजना गरेको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...