नेपाल मगर संघ इजरायलले विभिन्न शिर्षकमा सहयोग रकम हस्तान्तरण ।

जनजाती बिशेस    विदेश

नेपाल मगर संघ इजरायलले  विभिन्न शिर्षकमा सहयोग रकम हस्तान्तरण ।
सेप्टेम्बर १२ काठमाडौँ :-नेपाल मगर संघ इजरायलबाट विभिन्न शिर्षकमा आर्थिक सहयोग एक कार्यक्रमका बीच हस्तान्तरण गरिएको छ। नेपाल मगर संघ ईजरायलका संरक्षक तारा काउचामगर ज्यूलाई केन्द्रीय कार्यालयमा स्वागत तथा भेटघाट कार्यक्रम संघको अध्यक्ष नबिन रोकामगरको अध्यक्षता र महासचिव ज्ञानेन्द्र पुनमगरको सहजीकरणमा सम्पन्न कार्यक्रममा इजरायलमा रहेका नेपाली दाजुभाइ तथा दिदिबहिनिहरुबाट आफ्नो परिश्रमको फलबाट केही रकम,नेपाल मगर संघका केन्द्रिय अध्यक्ष नबिन रोक्का मगर ज्यु इजरायल भ्रमणमा रहनु भएको बेला नेपाल मगर संघ इजरायल शाखाका अध्यक्ष बिष्णु पुन मगर र केन्द्रिय अध्यक्ष नबिन रोक्का मगरको संयुक्त रुपमा बाढीपिडितलाई सहयोगको लागि आव्हान गर्दै बिज्ञप्ति निकाल्नु भएको थियो त्यहि अनुरुप इजरायल मगर संघका संरक्षक श्री तारा काउछा मगरको हातबाट बाढिपिडितको लागि रु.८० ,००० /- केन्द्र्का अध्यक्ष नवीन रोका मगर ज्युलाई, किड्नी पीडित लक्षमी राना मगरको लागि सांस्कृतिक संघका अध्यक्ष तथा लाङघाली उपचार समितिका अध्यक्ष कविराज मगर र महिला संघका अध्यक्ष तथा लाङघाली उपचार समितिका उपाध्यक्ष बिनिता आले मगरलाई रु.४५ ,००० मगर भाषा तथा इतिहासबिद हिरासिंह थापा मगरको लागि काठमाडौ जिल्ला मगर संघका उपाध्यक्ष रघु थापा मगरलाई रु.२३ ,००० /- र अर्को किड्नी पीडित कृष्ण कुमारि राना मगरलाई रु.४५ ,००० /-हस्तान्तरण गर्नु भएको छ । mg

mg

संघको केन्द्रिय कार्यालयमा संघका महासचिव ज्ञानेन्द्र पुन मगरले संचालन गर्नु भएको कार्यक्रममा समाजसेवी तथा सांस्कृतिक संघका सल्लाहकार ज्ञानु थापा मगर, मगर बिद्यार्थि संघका अध्यक्ष कमल थापा मगर, मगर महिलाको महासचिव धनकुमारी थापा मगर लगायत अन्य सहभागीको माझमा हस्तान्तरण गरिएको छ ।मगर संघ केन्द्रको तर्फबाट यस सराहनीयकामको लागि नेपाल मगर संघ इजरायलका अध्यक्ष लगायत सम्पूर्ण सहयोगीहरु प्रति धन्यवाद दिनु भएको छ ।

mg2

mg3

नेपाल मगर संघको वैदेशिक शाखा इजरायलका संरक्षक तारा काउछामगरले आज मगर संघ केन्द्रीय कार्यालयमा हस्तान्तरण गर्नुभएको सहयोग रकमहरु :-

- रु. २३,०००/- मगर भाषा तथा ईतिहास विद हिरासिहं थापा मगर ज्यूको उपचार्थ सहयोग । - रु. ४५,०००/- किड्नी पीडित बिरामी लक्ष्मी रानामगरको उपचार्थ सहयोग । - रु. ४५,०००/- किड्नी पीडित बिरामी कृष्णकुमारी रानामगरको उपचार्थ सहयोग । - रु. ८०,०००/- मगर संघको बाढी पीडित सहयोग अभियानका लागी सहयोग । - रु. ३५,०००/-Magarintrenationalforum Mif को लागि दस्तुर सहयोग ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...