प्रदेश नम्बर ४ को नाम गण्डकी राखेको बिरोधमा गोरखामा प्रदर्शन |

मूलबासि /भूमिपुत्र

प्रदेश नम्बर ४ को नाम गण्डकी राखेको बिरोधमा गोरखामा प्रदर्शन |
जुलाई ७ फिष्टेल न्यूज:- 'प्रदेश ४ लाई गण्डकी प्रदेश नामाकरण गरेपछि तमुवान-मगरात संघर्ष समितिले विरोध गरेको छ। शुक्रबार भएको संसद बैठकले प्रदेशको नाम गण्डकी राखेपछि संघर्ष समितिले विरोध जनाएको हो। संघर्ष समितिले हातमा कालोपट्टी बाँधेर विरोध जनाएको प्रेमध्वज थापा मगरले जानकारी दिए। संघर्ष समितिले शनिबार मध्यान्ह १२ बजे गोरखा सदरमुकाममा विरोध प्रदर्शन गरेको छ। ‘हामी पहिचानको लडाइँमा छौँ’ आदिवासी जनजाति जिल्ला समन्वय परिषद् गोरखाका अध्यक्ष विष्णु रानाले भने ‘पहिचान विरोधीहरू होसियार। हामी हाम्रो पहिचानको रक्षा गर्न प्रदेशको नाम तमुवान मगरात राख्न चाहन्छौँ।’ विरोध र्‍यालीमा नेपाल मगर संघ गोरखा, तमुह्यूँला छोँजधी गुरुङ राष्ट्रिय परिषद, तामाङ घेदुङलगायतको जातिवादी जनजाति संस्थाहरूको सहभागिता रहेको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...