पर्बत मंच हङकङद्धारा पोखरा महानगरपालिकाका उप-प्रमुख मन्जुदेबी गुरुङलाई स्वागत तथा सम्मान ।

विदेश

पर्बत मंच हङकङद्धारा पोखरा महानगरपालिकाका उप-प्रमुख मन्जुदेबी गुरुङलाई स्वागत तथा सम्मान ।
जनवरी २८ हंगकंग :-पर्वत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनको अध्यक्षतामा र पाेखरा महानगरपालिका उप-प्रमुख मन्जु देबी गुरुङको प्रमुख आतिथ्यतामा यही २८ जनवरी २०२० मंगलबार बिहान ८:३० बजे होटेल मडेर जाेर्डनकाे सभा हल हङकङमा बधाई तथा सम्मान कार्यक्रम सम्पन्न भएको छ। कार्यक्रममा बिशेष अतिथिहरुमा चारभङ्ज्याङ तमु समाज हङकङका अध्यक्ष गंगा बहादुर गुरुङ,आर्थर डाँडाखर्क सहयाेग समिति हङकङका अध्यक्ष मनाेज गुरुङ, पंचासे समाज हङकङ, पर्बत क्लब हङकङका सचिब तिलक गुरुङ , जन सम्पर्क सेवा समिति हङकङका सभापति मीन बहादुर गुरुङ लगायत पर्बतबासीहरुकाे उपस्थिति रहेकाे थियाे ।     उक्त कार्यक्रम पर्वत मञ्च हङकङका महासचिव बिध्या गुरुङले संचालन गरेको थियो । त्यसैगरी कार्यक्रममा पर्बत मञ्च हङकङका अध्यक्ष दुर्गा गुरुङ मिलनले पर्बत मञ्चकाे बारेमा प्रष्टाउनु भएको थियाे भने प्रमुख अतिथि मन्जु देबी गुरुङ ले जनप्रतिनिधिकाे रुपमा अाफुले गरेका कामहरुकाे बारेमा स्पष्ट पार्दै अहिले भिजिट नेपाल २०२० बर्ष भएकाेले बिदेशमै भएपनि साे कार्यक्रम लाई सफल बनाउन हरेक काेण बाट साथ र सहयाेग गर्न अनुराेध गर्नु भएको थियो। कार्यक्रममा मञ्चका अध्यक्ष दुर्गा गुरुङ मिलनले उपप्रमुख मन्जु देबी गुरुङ लाई खदा र माया काे चिनाे ले सम्मान गर्नुभएको थियाे भने उपस्थित अतिथिहरुले खादाले सम्मान गर्नुभएको थियाे ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...