बेलायतमा भिसी तुलबहादुर पुनका नाममा रेल सेवा

जनजाती बिशेस

बेलायतमा भिसी तुलबहादुर पुनका नाममा रेल सेवा
एजेन्सी । बेलायतको एक रेल सेवा ग्रेट वेस्टर्न रेलवेले भिक्टोरिया क्रसप्राप्त स्वर्गीय तुलबहादुर पुनको नाममा रेलसेवा नामकरण गर्ने भएको छ । दोस्रो विश्वयुद्ध सकिएको ७५ वर्ष पुगेको उपलक्ष्यमा उनको सम्मानस्वरूप नाम उल्लेख गर्ने उक्त रेलसेवाले जानकारी दिएको छ । दोस्रो विश्वयुद्धमा आफ्नो बहादुरी देखाएका पुन भिसी पाउँदा केवल २१ वर्षको रहेका थिए । उक्त रेलसेवाका सञ्चार शाखाका एक अधिकृत डान पान्सले यसअघि अन्य व्यक्तिहरूलाई सम्मान गरिसकेको र यो पटक तुलबहादुर पुनलाई सम्मान गर्ने बताए । उनले पुनलाई सम्मान गर्न पाउँदा हर्षित भएको बताए । गोर्खा वेलफेयर ट्रष्टका एडम वेन्थमले गोर्खा सैनिकले महत्वपूर्ण भूमिका निर्वाह गरेको बताए । उनले बर्मामा मात्रै सात वटा भिसी प्राप्त भएको भन्दै भिसी पाउनेमा तुलबहादुर पुन पनि एक रहनुभएको उल्लेख गरे । उनले भने, “हाम्रो देशले गोर्खाहरूको धेरै ऋण तिर्न बाँकी छ, यो सम्मानलाई सच्चा सम्मानका रूपमा लिएका छौँ ।” [caption id="attachment_14233" align="alignnone" width="594"] भिसी तुलबहादुर पुन[/caption] गोर्खाहरूको मागलाई बेलायत सरकारसामु राखी त्यसलाई निरन्तर रूपमा दवाब दिने ट्रष्टका संरक्षक जोअना लुम्लेले आफ्ना बुबासँग बर्मामा एकसाथ लडेका भिसी तुलबहादुर पुन र लछिमान गुरुङसगँको भेट कहिलै भुल्न नसक्ने र स्वतन्त्रताका लागि आफ्नो जागिरभन्दा माथि उठेर गरेको योगदानप्रति बेलायतीहरू ऋणी रहेको बताए । जीवनको पछिल्लो समय पुनले भूपू गोर्खाहरूको परिवारलाई बेलायतमा बस्न दिनुपर्छ भन्ने अभियानको नेतृत्व गर्ने लुम्लेसँगै अग्रपङ्तिmमा रहेर काम गरेका थिए  । पुनको जन्म २३ मार्च १९२३ मा म्याग्दी जिल्लामा भएको थियो भने मृत्यु २० अप्रिल २०११ मा पर्वतमा भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 4.00)
Loading...