युएईले रोक्न सकेन कोभिड – १९ को महामारीलाई ,नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जनाको मृत्यु ।

विदेश

युएईले रोक्न सकेन  कोभिड – १९ को महामारीलाई ,नयाँ संक्रमित ७२६, संक्रमित संख्या ३३,८९६ र संक्रमित २ जनाको मृत्यु ।
मे ३१ मनु कोंमे तमु युएई :-युएईको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाए अनुसार युएईका ४२,००० भन्दा बढी नागरिक र बासिन्दाहरु बिच परिक्षण गरेको परिणाम अनुसार बिश्वब्यापी रुपमा महामारी फैलिरहेको कोभिड - १९ कोरोना भाइरसको संक्रमण बाट २०२० मे ३० तारिख शनिबार ७२६ जना नयाँ संक्रमितको पुष्टि भएको छ। नयाँ पुष्टि संक्रमित सहित युएईमा कोभिड- १९ कोरोना भाइरस बाट संक्रमित हुनेहरुको संख्या ३३,८९६ जना पुगेको छ। युएईमा कोभिड - १९ कोरोना भाइरस बाट संक्रमित भइ उपचार गराइ रहेका मध्ये उपचार पश्चात् ४४९ जना पुर्णरुपमा निको भएका छन।हाल सम्म उपचार पश्चात् संक्रमित भएका १७,५५६ जना पुर्णरुपमा निको भइसकेका छ्न। संक्रमित भइ उपचार गराइ रहेका थप २ जनाको मृत्यु भएको छ। युएईमा हाल सम्म कोरोना भाइरस बाट मृत्यु हुनेको संख्या २६२ जना पुगेको छ भने हाल संक्रमित बिरामी १६,०८८ रहेको युएई सरकारको स्वास्थ्य तथा रोकथाम मन्त्रालयले जनाएको छ। त्यसैगरी युएईमा दुबई इमिरेट्स बाहेक अन्य इमिरेट्समा ३० मे २०२० शनिबार देखि लागु हुने गरी जारी रहेको ‘नेसनल स्टेरिलाईजेसन कार्यक्रम अन्तर्गत किटाणु नष्टिकरण गर्ने समयवाधी राति १० बजे देखि बिहान ६ बजे सम्म लागू गरेको छ । उक्त अवधि भर हिंडडुल गर्न तथा सवारी साधन चलाउन प्रतिबन्ध लगाएको छ भने दुबई इमिरेट्समा राति ११ बजे देखि बिहान ६ बजे सम्म यो भन्दा पहिले नै लागु गरि सकेको छ। दुबई प्रहरीले प्रतिबन्ध लगाएको समयमा आपतकालीन बाहेक बासिन्दाहरु लाई बाहिर ननिस्कना निर्देशन जारी गरेको छ भने निर्देशन पालना नगरी बाहिर निस्केकाहरु लाई ३,०००/- दिराम जरिवानाको चेतावनी दिएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...