कास्की आदर्श सेवा समाज कतारद्वारा २ बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण ।

विदेश

कास्की आदर्श सेवा समाज कतारद्वारा २ बिरामीलाई आर्थिक सहयोग हस्तान्तरण ।
डिसेम्बर १ पोखरा :-कास्की आदर्श सेवा समाज दोहा कतार तथा सहयोगी मनहरुबाट संकलित सहयोग रकम कास्की आदर्श समाज अन्तर्राष्ट्रिय समन्वय परिषद केन्द्रीय कार्यालय कास्की पोखरामा पिडितहरु र उहाका आफन्तहरुलाई एक कार्यक्रमका बिच सहयोग रकम हस्तान्तरण कार्य सम्पन्न गरेको छ । सस्थाले संकलन गरेको रकम जम्मा नेरु ८०,००० (असि हजार) मध्य दुबै बिरामीलाई प्रती ब्यक्ती नेरु ४०,००० (चालिस हजार) का दरले दुबै मृगौलाले पिडित श्री अमृता बिकलाई रु ४०,०००/- अक्षरुपि चालीस हजार नेपाली रुपैया र लामो समय देखि कम्मर भन्दा तलको भाग नचल्ने पक्षघातको बिरामी श्री गौमान बिकलाई सस्थागत ४०,००० र वहाँ भाइ राजेन्द्र बिकले संकलन गरेको नेरु २४,००० सहित जम्मा रु ६४,०००/- अक्षरुपि चौसट्ठी हजार नेपाली रुपैया कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष श्री बिश्वबन्धु थापा र कास्की आदर्श अन्तर्राष्ट्रिय समन्वय परिषदका उपाध्यक्ष, कोषअध्यक्ष, नेपाल च्यापटर सयोजक, सह-सयोजक साथमा रार्ष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिषदका केन्द्रिय सदस्यज्युहरुको विशेष उपस्थितमा उक्त सहयोग रकम हस्तान्तरण गरिएको छ ।  

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...