प्रवासी भुजेल समाज युएईले चौथो अधिवेशन एवं उधौली पर्व मनाउदै ।

विदेश

प्रवासी भुजेल समाज युएईले चौथो अधिवेशन एवं उधौली पर्व मनाउदै ।
नोभेम्बर २५ युएई :-रोजगारिको शिलशिलामा युएईमा श्रमशिल भुजेलहरुको साझा संस्था "प्रवासी भुजेल समाज सेवा समिती युएई" को चौथो अधिवेशन तथा आफ्नो मौलिक सांस्कृतिक पर्व उधौली आगामी १३ डिसेम्बर २०१९ का दिन युएईको वरदुबई स्थित सिल्भर स्पुन रेष्टुरेन्टको सभा कक्षमा भव्यताका साथ मनाउने भएकोछ । अधिवेशनबाट आगामी सन २०१९/२०२१ को लागि नयाँ कार्यसमिति समेत चयन हुनेछ । उक्त कार्यसमिति चयनकालागी संस्थापक अध्यक्ष एवं वरिष्ठ सल्लाहकार सुर्य बहादुर खवासको संयोजकत्वमा निवर्तमान अध्यक्ष यम बहादुर घर्ती तथा पुर्व कोषाध्यक्ष अर्जुन भुजेल सदस्य रहेको तीन सदस्यीय निर्वाचन समिती चयन गरेको छ । अधिवेशन तथा उधौली पर्व व्यवस्थापनका लागी महासचिव मीन बहादुर भुजेलको संयोजकत्वमा व्यवस्थापन समिती बनेको छ । प्रवासबाटै भएपनी आफ्नो भाषा, संस्कार, संस्कृतिको संरक्षण, संवर्धन तथा समग्र विकासमा सहयोग पुर्‍याउने उद्देश्यका साथ सन २०१२ मार्च ३० मा स्थास्पित यस समाजले स्थापनाकाल देखि नै विभिन्न अन्तरक्रिया तथा सामाजिक कार्यलाई निरन्तरता दिदै आएको छ । आफ्नो जातिको बारेमा समाजमा व्यप्त भ्रम चिर्न आफ्ना सदस्यहरुलाई चेतना मुलक अन्तरक्रिया कार्यक्रमहरु संचालन गर्दै आएको तथा आफ्ना मौलिक पर्वहरुलाई प्रवर्धन गर्न पर्व विषेश कार्यक्रम समेत गर्दै आएको साथै एकल तथा युएईमा कृयाशिल सामाजिक संघ संस्थाको सहकार्यमा अफ्ट्यारोमा परेका नेपालीहरुलाई समय समयमा सहयोग पुर्‍याउदै आएको समाजका महासचिव मीन बहादुर भुजेलले बताउनु भयो । आयोजकले युएईमा रहुनुहुने सम्पुर्ण भुजेल दाजुभाइ, दिदीबहिनी, विभिन्न संघ-संस्थाका प्रतिनिधि तथा पत्रकारहरुमा गरिमामय उपस्थितिको लागि अपिल गरेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...