गायक सुर्य राना मगरको नया सालैजो गीत सार्बजानिक ” मेरो माया बिर्साउने….”

विदेश    सिनेमा/मनोरन्जन

गायक सुर्य राना मगरको नया सालैजो गीत सार्बजानिक ” मेरो माया बिर्साउने….”
अप्रिल १८ काठमाडौँ :-बैदेशिक रोजगारको शिलशिलामा परदेसी भुमीमा भए पनि सधै नेपाली कलासस्कृतिलाई माया गर्ने गायक सुर्य राना मगरको आवाजमा “मेरो माया बिर्साउने भेट्यौ की पानी तिर्खा दुधैले मेटियो कि ” बोलको सालैजो गीत सार्बजनिक भएको छ|वहालाई यस गीतमा गायिका टिका पुन मगरले साथ दिनु भएको छ | सालैजोको यो मिठो लोक भाकामा शब्द एकनारायण भण्डारीको रहेको छ भने संगीत दुर्गा बिसीले गर्नु भएको छ। याम गुरुंगको नृत्य निर्देशन निकै आकर्षक छ भने कलाकारहरु उद्धव लामा र मिंग्मा डोमाको अभिनय तथा नृत्य पनि उत्तिकै जिवन्त र परिपक्क छ । पुरै गाउँघरकै सम्झना गराई दिने दृश्य रहेको यस गीतले बिशुद्द नेपाली लोक संगीत क्षेत्रमा पक्कै पनि दर्शक स्रोताहरुले रुचाउनु हुनेछ | मुकेश दाहालले छायांकन गरेको भिडियोलाई देव पुनले निर्देशन गरेका हुन् |

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...