इजरायलको एफ १६ लडाकु बिमान खसालेपछि उत्तरी सिमामा तनाव |

विदेश

इजरायलको एफ १६ लडाकु बिमान खसालेपछि उत्तरी सिमामा तनाव |
फेब्रअरी १० जेरुसलेम :-सिरियाले शनिवार बिहान एउटा इजरायली (F16) लडाकु विमान खसालिदिएको इजरायली सेनाले बताएको छ।उत्तरी इजरायलमा २ जना पाइलटहरू विमानबाट हाम फाले र प्याराशुटको मद्दतले अवतरण गर्न सफल भए।उनीहरूलाई हाइफ़ स्थित रमबम अस्पताल पुर्‍याइएको थियो।उनीहरु मध्ये एकको हालत गम्भीर बताइएको छ | 833891501002456183103no

इजरायलका अनुसार एउटा इरानी ड्रोन आफ्नो भूमिमा प्रहार गरिएपछि एफ-१६ नामक लडाकु विमानले आक्रमण गरिरहेको थियो।इजरेलले आक्रमण गरेपछि सिरियाले गोली हान्न शुरू गरेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ।इजरेली सेनाले अनुसार, "हाम्रो एउटा लडाकु विमानले सिरियाबाट प्रहार गरिएको एउटा इरानी ड्रोनलाई सफलतापूर्वक रोकिदियो।"ड्रोनलाई छिट्टै पहिचान गरिएको र 'रोकुञ्जेल निगरानीमा रहेको बताइएको छ |

उक्त ड्रोन इजरेली भूमिमा पुगेको र 'आफूहरूको नियन्त्रणमा रहेको' इजरेली प्रतिरक्षा बल (आइडीएफ) का एकजना प्रवक्ताले जनाएका छन्। जवाफ स्वरूप सिरियामा रहेका इरानी अखडालाई आइडीएफले निशाना बनाएको छ अहिले सम्म १६ टार्गेटमा आक्रमण गरिसकेको छ |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...