निर्मला पन्ताका बुवा यज्ञ राजलाई उपचारको लागी काठमाडौँ लगियो |

अन्य

निर्मला पन्ताका बुवा यज्ञ राजलाई उपचारको लागी काठमाडौँ लगियो |
मंसिर ८ कैलाली:-छोरीको हत्यारालाई कारबाही गर्नुपर्ने र आफूहरुलाई न्याय न्याय दिनुपर्ने माग गर्दै अनिश्चितकालीन धर्नामा बसेका निर्मला पन्तका बुवा यज्ञराजको स्वास्थ्य अवस्था बिग्रिँदै गएपछि उपचारका लागि काठमाडौं लगिएको छ । १४ दिनदेखि धर्नामा बसेका निर्मलाका बुवा यज्ञराजको स्वास्थ्यसँगै मानसिक अवस्था पनि बिग्रिँदै गएपछि उनलाई उपचारका लागि काठमाडौं लगिएको हो । निर्मला बलात्कारपछि हत्या भएको घटनापछि डिप्रेसनमा गएका यज्ञराजलाई चिकित्सकले समेत एकान्त वातारवणमा बस्नुपर्ने बताउँदै उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लाग्नुपर्ने सुझाव दिएका थिए । डिप्रेसनको समस्याले ग्रस्त यज्ञराजले चार–पाँच दिनमा अस्वाभाविक व्यवहार देखाउनुभएको थियो । रातभरी नसुत्ने, बर्बराउने, दिउँसोमा निर्मलाको नाम लिँदै रुँदै गालीगलौज गर्दै हिँड्ने गरेपछि परिवारका सदस्य चिन्तित बनेका छन् । निर्मलाको बुवाको स्वास्थ्य अवस्था केही दिनयता नाजुक बन्दै गएकाले परिवारको सहयोगमा उपचारका लागि काठमाडौं पठाइएको कञ्चनपुरका निमित्त प्रमुख जिल्ला अधिकारी शंकरबहादुर बिष्टले बताए । उनका अनुसार यज्ञराजको काठमाडौंको शिक्षण अस्पतालमा उपचार हुनेछ । यज्ञराजसँगै उनकी श्रीमती दुर्गादेवी पन्त, इश्वरदत्त जोशी, गजाधर भट्ट काठमाडौं गएका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...