अफगानिस्तानमा सेभ द चिल्ड्रेनको कार्यक्रममा हमला ३ को मृत्यु ,२५ घाइते |

विदेश

अफगानिस्तानमा सेभ द चिल्ड्रेनको कार्यक्रममा हमला ३ को मृत्यु ,२५ घाइते |

जनवरी २४ काठमाडौँ :- आक्रमणकारीले सेभ द चिल्ड्रेनका च्यारिटी शो भइरहेका बेला गरेको कर्मचारीमाथि हमला गरेको छ । अफगानिस्तानमा भएको हमलामा ३ जनाको मृत्यु भएको छ भने २५ जना घाईते भएका छन् । आक्रमणकारीले हमला गरेको बेला सेभ द चिल्ड्रृेनका ५० जना कर्मचारी त्यहाँ उपस्थित थिए । अफगानिस्तानको नांगहार प्रान्तका गभर्नरले स्थानिय समय अनुसार विहान ९ बजेर १० मिनेटमा एक आत्मघाती आक्रमणकारीले हमला गरेको बताएका छ । अफगानिस्तानमा रहेको संयुक्त राष्ट्र मिसनले आम नागरिकको सहायताका लागि सक्रिय संस्थामाथि भएको आक्रमण अन्तराष्ट्रिय मानवता कानुनको उल्लंघन भएको बताएको छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...