गाजा पट्टीबाट इजरायल माथि रकेट प्रहार |

विदेश

गाजा पट्टीबाट इजरायल माथि  रकेट प्रहार |

डिसेम्बर १२ जेरुसेलाइम :-इजरायलको राजधानी जेरुसेलाइम बिबादको कारण इजरायल र पेलेस्ताइन बीच तनाव उत्पन्न भएको छ |अमेरिकी राष्ट्रपतिले जेरुसेलाइमलाइ इजरायलको राजधानीको समर्थन गरे यता अरब राष्ट्र लगायात पेलेस्ताइनले यसको बिरोध गरेको छ |मंगलबार बिहान जिहादका दुई सदस्यहरु बिस्फोटमा परि मृत्यु भएको छ , बिस्फोट कसरि कसले गरायो भन्नेबारे पुष्ठी भएको छैन |

सोमबार बिहान गाजा पट्टीबाट रकेट प्रहार गरिएको थियो तर इजरायली( एन्टी मिसाइल ) आइरन डोमले इजरायलको शहर अस्कोलन माथि नष्ट गरिएको थियो |त्यस्तै गरि मंगलबार बिहान उत्तरी गाजा क्षेत्रबाट अर्को रकेट प्रहार भएको थियो जो इजरायलको भुमि आउन नपाउदै पलेस्ताइन क्षेत्रमा बिस्फोट भएको थियो |यसबाट धनजनको क्ष्यति भएको छैन |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...