सिरिया नरसंहारको विरोधमा राजविराजमा ¥याली तथा मैनबत्ती प्रज्वलन ।

अन्य    विदेश

सिरिया नरसंहारको विरोधमा राजविराजमा ¥याली तथा मैनबत्ती प्रज्वलन ।

मार्च १ सप्तरी:- सिरियामा भएको नरसंहारको विरोधमा बुधबार राजविराजमा ¥याली तथा मैनबत्ती प्रज्वलन गरिएको छ ।राजविराज नगर बाल सञ्जाल र सप्तरी युथ नेपालले संयुक्तरुपमा आयोजना गरेको उक्त कार्यक्रममा बालबालिका तथा युवाले जिल्ला खानेपानी कार्यालयदेखि नगर परिक्रमा गरी स्थानीयवासी गजेन्द्रचौकमा मैनबत्ती प्रज्वलन गरेको छ ।

10-5

बालबालिका मार्न पाइँदैन, हत्याहिंसा बन्द गर, सिरिया हिंसाविरुद्ध आवाज उठाऔँ लगायतका नारा लेखिएका ब्यानर र पोष्टर लिई नगरको परिक्रमा गरिएको थियो ।सिरिया आतंकमा ज्यान गुमाएका १५० बालबालिकासहित ५०० भन्दा बढी सिरियाली नागरिकको मृत्यु भएको सम्झनामा एक मिनेट मौनधारणसमेत गरिएको थियो ।

कार्यक्रममा क्लिन काठमाडौँका संयोजक केपी खनाल, राजविराज नगरपालिकाका उप–प्रमुख साधना झा, राजविराज नगर बाल सञ्जालका अध्यक्ष मो जकाउल्ला र सप्तरी युथ नेपालका विष्णु यादवले मन्तव्य व्यक्त गर्नुभएको थियो ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...