तमु समाज बहराइनको बार्षिक चेलीबेटी भोज (स्योकेइ )कार्यक्रम भब्य रुपले सम्पन्न |

मूलबासि /भूमिपुत्र    विदेश

तमु समाज बहराइनको बार्षिक  चेलीबेटी भोज (स्योकेइ )कार्यक्रम भब्य रुपले सम्पन्न |

मार्च १० राजित गुरुङ बहराइन :- तमु समाज बहराइनले एक बिशेष कार्यक्रमको आयोजना गरी नेपाली क्लब अद्लिया स्थित वार्षिक चेलीबेटी भोज( ( रि-चहमी स्यो कै पिब ) साथै संस्थाको मिडिया प्रमुख प्रमेश तमु लाई बिदाई गरिएको छ ।

28959252_2097654240249707_288877644903088128_n (1)

तमु समाजका अध्यक्ष नरेन्द्र घले को सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा प्रमुख अतिथी संस्थाका संस्थापक अध्यक्ष तथा सम्रक्षक गम तमु , त्यस्तै अतिथिहरुमा तमु समाज बहराईनका प्रमुख सल्लाहकार तथा जनजाती महसंघ बहराइनका अध्यक्ष ज्ञानेन्द्र तमु, समाजका बरिस्ठ सल्ल्हकार दिपक तमु, सल्लाहकार तथा महिला बिभाग प्रमुख श्रीमती मिना तमुस्यो (कास्की) सल्लाकार तथा बरिस्ठ समाजसेबी श्रीमती माया तमुस्यो लगयात संस्थाका कार्यसमितीका पदाधिकारी ज्यु हरु, सल्लाहकार ज्यु हरु, केन्द्रिय सदस्य ज्यु हरु र अन्य थुप्रै दाजुभाइ तथा दिदिबहिनीहरुको बाक्लो उपस्थिती रहेको थियो ।

28951193_2097653913583073_6977425288636399616_n

तमु संस्कार र परम्परा अनुसार माइती पक्षले चेलीबेटीलाई दिने ( रि-चहमी स्यो कै पिब )को परम्परालाई तमु समाज बहराइनले वार्षिक रुपमा आयोजना गर्दै आएको छ । कार्यक्रममा चेलीबेटीबाट दाजुभाइको निम्ती सेलरोटी र सगुन कोसेली स्वरुप ल्याएको थियो कोसेली संस्थाका सस्थापक अध्यक्ष गम तमु र संस्थाका अध्यक्ष नरेन्द्र घले ले संयुक्त रुपमा ग्रहण गरेको थियो ।

28959181_2097654353583029_2811298885438275584_n

त्यस्तै कार्यक्रमको दोश्रो चरणमा समाजका मिडिया प्रमुख ग्लोबल दैनिकका सम्पादक प्रमेश तमु लाई सम्मान साथै बिदाई गरियो । बहराइनलाई कर्म थलो बनाउनु भएको तमुले यहाँको बसाइलाई बिट मार्दै नेपाल फर्किन लाग्नु भएकोले बिदाई गरिएको हो । तमु समाजको मिडिया प्रमुख भै संस्थाको गतिबिधि साथै बहराइनमा हुने बिबिन्न गतिबिधीलाई संसार भरि पुर्‍याउन उहाँले खेल्नु भएको भूमिकाको उच्च सम्मन गर्दै सम्मान पत्र समेत प्रदान गरिएको थियो । औपचारिक कार्यक्रमको सन्चालन सस्थाको उप-अध्यक्ष शंकरमान तमु ले गर्नु भएको थियो भने स्वागत मन्तब्य साँस्कृतिक सचिब राजित तमुले दिनु भएको थियो ।

28951220_2097654013583063_519894555546353664_n

तस्बिर: कृष्ण तमु /प्रमेश तमु

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...