इराकमा ३ बर्ष अगाडी अपहरणमा परेका निर्माण मजदुरहरु मारिएको भारतीय विदेशमन्त्री सुष्मा स्वराजले संसदमा जानकारी गराएकी छिन |

विदेश

मार्च २० देल्ली:- इराकमा अपहरण गरी बेपत्ता बनाइएका ३९ जना भारतीय निर्माण मजदुरहरुको हत्या भएको समाचार छ ।भारतीय विदेशमन्त्री सुषमा स्वराजले मङ्गलबार सो कुराको पुष्टि गर्नुभएको राजधानी नयाँ दिल्लीबाट प्राप्त समाचारमा जनाइएको छ । भारतीय विदेशमन्त्री सुषमा स्वराजले इराकमा ३ वर्षअघि निर्माणसम्बन्धी काममा कार्यरत ३९ जना भारतीय नागरिकको इस्लामिक स्ट्टेस (ISIS)ले हत्या गरेको पुष्टि भएको जानकारी दिएकी छन्।

गाडिएको अवस्थामा रहेका ३९ वटा शवको डिएनए परीक्षणबाट उनीहरु सन् २०१४ मा अपहरण गरी बेपत्ता बनाइएका भारतीय नागरिकको भएको स्वराजले संसदमा जानकारी दिएकी छिन। यद्यपी सोमबार संसदमा स्वराजले ३८ जनाको डिएनए नमूना परिक्षणबाट पुष्टि भएको र एक जनाको भने आंशिक मात्र मिलेको बताएकी थिर्इन् , आइएस जिहादी समूहले सन २०१४ को अक्टोबारमा इराकको मोसुल शहरबाट ती ३९ जना भारतीय नागरिकलाई अपरहण गरेका थिए ।ती सवै भारतीय नागरिकहरु पंजाबका २४, हिमाचलको ४ , बिहारको ६, बंगालको २ र बिहारको एकजना रहेको पुष्ठी भएको छ |उनीहरुलाई २०१५ को जुन महिनामा मरेको अनुमान गरिएको छ |

ती कामदार मोसुलमा रहेको एक निर्माण कम्पनीमा कार्यरत रहेका थिए । कार्यस्थलबाटै उनीहरुलाई आइएसले अपहरण गरेका थिए ।अपहरणमा परेदेखि नै अपहरणकारीबाट भारतीय सरकारसँग फिरौतीका लागि कुनै माग नगरेको सरकारले जनाएको छ |

साभार :-एन्डी न्युज


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...