म्यानमारमा ५० हजार मुस्लिम घरहरु सेनाले ध्वस्त पारे |

विदेश

म्यानमारमा ५० हजार मुस्लिम घरहरु सेनाले ध्वस्त पारे |

फेब्रअरी २३ काठमाडौँ :- म्यानमारमा रोहिंंग्या मुस्लिमहरुका गाउँ डोजर लगाएर ध्वस्त पारिएको आरोप मानवअधिकारवादी संस्था ह्युमन राईट्स वाचले जनाएको छ ।संस्थाका अनुसार हिंसाग्रस्त रखाईन प्रान्तका ५० भन्दा बढी गाउँका हजारौं घर सरकारी सेनाले बुलडोजर लगाएर ध्वस्त पारेको छ ।

म्यानमारको मुस्लिम बाहुल्य रखाईन प्रान्तमा सरकारी सेनाको ज्यादती सहन नसकेर अघिल्लो वर्षदेखि ५ लाखभन्दा बढी मानिस आफ्नो गाउँ छाडी बंगलादेश र अन्य छिमेकी मुलुक पलायन भइसकेका छन् ।विस्थापितहरुलाई देश फर्काउने कूटनीतिक पहल भईरहँदा उनीहरुको गाउँ नै सखाप पारिएको तस्विर सार्वजनिक गरिएको छ ।

ह्युमन राईट्स वाचका अनुसार अपराधस्थलको रुपमा संरक्षण गरेर राख्नुपर्ने गाउँहरुको प्रमाण मेटाउने उद्देश्यले ध्वस्त पारिएको हो । संयुक्त राष्ट्रसंघले २१ औं शताब्दीको नश्लीय सफायाको रुपमा ब्याख्या गरिसकेको यो हिंसामा परि हजारौं रोहिंग्याले ज्यान गुमाइसकेका छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...