अमेरिकामा यु ट्युव कार्यालयमा गोली चलाउने महिलाले आफैलाई गोली हाने |

विदेश

अमेरिकामा यु ट्युव कार्यालयमा गोली चलाउने महिलाले आफैलाई गोली हाने |

अप्रील ४ काठमाडौँ :-अमेरिकाको क्यालिफोर्नियास्थित युट्युबको मुख्यालयमा ३ जनालाई घाइते बनाउने गरी गोली हान्ने सन्दिग्ध महिलाको मृत्यु भएको प्रहरीले पुष्टि गरेको छ।ती महिलाले अन्यलाई हमला गरेपछि आफैँमाथि पनि गोली हानेकी थिइन्।प्रहरीका अनुसार गोली चल्दा घाइते भएका सबैलाई अस्पतालमा लगिएको थियो।उक्त घटनामा घाइते भएका एक ३६ वर्षीय युवकको अवस्था गम्भीर रहेको बताइएको छ।

CBAS न्युजका अनुसार ती युवक सन्दिग्ध महिलाका केटासाथी हुन्।हमलामा ३२ र २७ वर्षका दुई महिलालाई पनि गोली लागेको थियो।गोली लाग्ने ३२ वर्षकी महिलाको अवस्था नाजुक रहेको र २७ वर्षीया महिलाको भने अवस्थामा सुधार आएको बताइएको छ।उक्त घटना युट्युबको सान ब्रुनोस्थित मुख्यालयमा भएको थियो र प्रहरीले उक्त घटनाबारे छानबिन गरिरहेको छ।युट्युब मुख्यालयमा करिब १७ सय मानिसहरू कार्यरत छन्।

घाइते भएका  ३ जनालाई उपचारका लागि जकर्बर्ग सान फ्रान्सिस्को जेनेरल हस्पिटलमा उपचारका लागि लगिएको थियो।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...