नक्कली फेसबुक आई डी बनाई ठगी गर्ने सुर्खेतका बिर्खा बहादुर थापा पक्राउ |

अन्य

नक्कली फेसबुक आई डी बनाई ठगी गर्ने सुर्खेतका बिर्खा बहादुर थापा पक्राउ |
असोज  पोखरा :-पोखरामा व्रिटिश लाउरे तथा नेपाल प्रहरीको सई हुँ भन्दै यौन शोषण गर्ने तथा ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् ।सुर्खेत भेरिगंगा नगरपालिका -१३ घर भएका ३२ बर्षीय बिर्ख बहादुर थापा यौन शोषण तथा ठगी गरेको आरोपमा पोखरा पृथ्विचोकबाट पक्राउ परेको कास्की प्रहरीले जनाएको छ । आफुलाई लाउरे हु भनि बिभिन्न प्रलोभन देखाएर बोलाई यौन शोषण गरेको भन्ने पिडित महिलाको उजुरीको आधारमा थापालाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी प्रबक्ता डिएसपी रबिन्द्रमान गुरुङले बताए । पिडित महिलाले गत जेठ २९ गते पृथ्विचोकको होटलमा बोलाई यौन शोषण गरेको र बिहान शौचालयमा थुनेर नगद ३ लाख ५० हजार र ४ तोला सुनका गरगहना चोरेको भनि उजुरी दिएकी थिइन । थापाले करिब १ वर्ष देखि नक्कली फेसबुक आईडी बनाई ठगी गर्दै आएको खुलासा समेत भएको छ । थापाले फेसबुकमा ५ सय जना भन्दा महिलाहरुलाई साथी व्रिटिश लाउरे तथा नेपाल प्रहरीको सई भनेर ठग्ने गरेको उनले बताए । प्रबक्ता गुरुङका अनुसार थापाको बिरुद्धमा २ महिलाबाट जवरजस्ती करणि र चोरी मुद्धामा जाहेरी समेत परेको छ ।थापालाई चोरी र जवरजस्ती करणी मुद्धामा म्याद थप अनुमति लिई अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...