नेवा:पुच: युएईले दुबईको मुसरिफ पार्कमा ध्य चाकु संलु पिकनिक कार्यक्रम भव्यरुपमा मनायो ।

विदेश

नेवा:पुच: युएईले दुबईको मुसरिफ पार्कमा ध्य चाकु संलु पिकनिक कार्यक्रम भव्यरुपमा मनायो ।
जनवरी २३ मनु कोंमे तमु युएई :-नेवा: पुच:युएईले "नेपाल भ्रमण बर्ष २०२० सफल बनाऔं" भन्ने संन्देशका साथ यहि १७, जनवरी २०२० शुक्रबार युएई स्थित दुबईको मुसरिफ पार्कमा आफ्नो कला , संस्कृति चाडपर्वहरुको संरक्षण गर्दै उपस्थित नयाँ पुस्ताका सन्ततीहरुले यसको महत्वबारे मनन् गरोस्, नेपाल भ्रमण बर्स २०२० लाई सबै मिलेर सफल बनाऔं भन्ने संन्देश प्रवाह गर्ने उदेश्य लिएर बिभिन्न मनोरञ्जनात्मक खेलकुद तथा साँस्कृतिक कार्यक्रम , घ्यु, चाकु, तरुलको अनेकौं नेवार परिकार सहित घ्य चाकु सँलु पिकनिक कार्यक्रम भब्यरुपमा सम्पन्न गरेको छ। उक्त कार्यक्रम आयोजना गर्न नेवा:पुच: युएईले विभिन्न संयन्त्र गठन गरेको थियो। संयोजकमा सारजाह क्षेत्रिय कमिटीका अध्यक्ष एवम् केन्द्रीय कोषाध्यक्ष मनोज प्रसाद श्रेष्ठ,सहयोगी टिममा अबुधाबी क्षेत्रीय कमिटीका अध्यक्ष एवम् केन्द्रीय सदस्य सुनिलमान श्रेष्ठ,दुबई क्षेत्रिय कमिटीका अध्यक्ष एवम् केन्द्रीय सदस्य दिपेश श्रेष्ठ ,केन्द्रीय सदस्य एवम् खेलकुद संयोजक हिरालाल श्रेष्ठ,केन्द्रीय कावा महिला प्रमुख नविना शाक्य,दुबई क्षेत्रीय मिसा पुच: अध्यक्ष पवन मैया नकर्मी, सल्लाहकार बीरेन्द्र कुमार नकर्मी,संरक्षक एवम् भुपु अध्यक्ष प्रमोद श्रेष्ठ,केन्द्रीय अध्यक्ष लक्ष्मण श्रेष्ठ,केन्द्रीय महासचिव कुमार बलामी,सल्लाहकार प्रकाश नकर्मी तथा सबै क्षेत्रका मिसा (महिला) तथा मिजँ (पुरुष) हरुले आ-आफ्नो क्षेत्रीय कमिटीका पदाधिकारीहरु , परिवार, आफन्त र साथीहरु सहित सहभागी रहेको थियो । नेवार परम्परा लाई माया गरेर उपस्थित भएका सहभागी नेवार तथा ग़ैर नेवार पाहुनाहरुले सहभागीहरु मध्ये जेष्ठ नागरिक हेटौंडा नगरपालिका नेवा: गुठीका संस्थापक धर्मलाल राजथला तथा धर्मपत्नी कमला राजथला बाट शिरमा तेल लगाई आर्शिवाद ग्रहण गरेका थिए। युएईमा नेवा: पुच: युएईले नेवार समुदायको बिभिन्न चाडपर्वलाई जगेर्ना गर्नको लागी बिभिन्न उत्कृष्ट कार्य प्रदर्शन गर्दै आएको कुराको सरहनिय गर्दै नेफिन युएईले पनि आगामी दिनहरुमा आवद्ध जातिय संस्थाहरु संग अझ मजबुत रुपमा जातिय संस्थाहरुको काम कारबाही अगाडी बढ़ाउनको लागी बिभिन्न कार्यहरु गर्ने संकल्प लिंदै र आगामी दिनहरुमा बिभिन्न कार्यक्रम मार्फत संस्कृति संस्कार , अधिकार स्थापनाका लागी कार्ययोजना अगाडी बढाएको जानकारी नेफिन युएईका महासचिव एवं नेवा:पुच:का महासचिव कुमार बलामीले जानकारी गराएका थियो। नेवा: पुच: युएईका अध्यक्ष लक्ष्मण श्रेष्ठको सभापतित्वमा सम्पन्न भएको उक्त कार्यक्रम नेवा:पुच: युएईका केन्द्रीय सदस्य एवम् खेलकुद संयोजक ,नेपाली समाज युएईका खेलकुद संयोजक , राष्ट्रीय प्रशिक्षक , रेफ्री एवम् खेलाडी ,युएईमा खेलकुद तथा बिभिन्न सामाजिक कार्यमा बहु चर्चित ब्यक्तित्व हिरालाल श्रेष्ठले संचालन गरेका थिए । घ्य चाकु बाहेक बिभिन्न नेवारी परिकारको खानाहरु बरदुबाई स्थित काठमाण्डू प्यालेस रेष्टुरेण्टले तयार पारेको थियो।खाना ब्यवस्थापन नेवा: पुच: का महासचिब कुमार बलामीले गरेका थिए भने खाना पश्चात बिविध मनोरञ्जनात्मक खेलहरु सन्चालन गरेको थियो। विङ्गो खेलको सन्चालन सल्लाहकार बीरेन्द्र कुमार नकर्मीले गरेको थियो भने अवुधाबी क्षेत्रिय अध्यक्ष सुनिलमान श्रेष्ठ र दुबाई क्षेत्रीय अध्यक्ष दिपेश श्रेष्ठले साथ दिएका थिए।कार्यक्रमका सभापति एवं पुच:का अध्यक्ष लक्ष्मण श्रेष्ठ, भुपु अध्यक्ष एवम् संरक्षक प्रमोद श्रेष्ठ र महासचिब कुमार बलामी पाहुनाहरुको स्वागत तथा भलाकुसारीमा ब्यस्त रहेका थिए।न्हुच्छेबहादुर सुवाल र महेश दाहाल लगायत अन्य स्वयंसेवकहरुले कार्यक्रम अवधिभर सहयोग गरी कार्यक्रम सफल बनाउन साथ दिएका थिए। पुच: का कार्यवाहक महिला प्रमुख नविना शाक्य,मिसा पुच दुबई क्षेत्रीय कमिटीका अध्यक्ष पवनमैया नकर्मी, उपाध्यक्ष रिदी श्रेष्ठ , सपना गिरी मालााकार,मिसा पुचका प्रमिला श्रेष्ठ, निरु श्रेष्ठ, कल्पना श्रेष्ठ , मार्टिना अमात्य चौधरी लगायत अन्य महिला दिदीबहिनीहरुले उपस्थित सबैजनालाई भलीं बसेर खाना वितरण गरी पाहुना सत्कार गरेको थियो भने उपस्थित सबै महानुभावहरुसंग अन्य बिभिन्न खेलकुद तथा मनोरञ्जन , नाचगानमा संलग्न भई पिकनिकमा निकै रोचक तथा रमाईलो वातावरणको सृजना गरेको थियो। महिलाहरुको खुट्टामा बेलुन बाँधी बेलुन फुटाउने खेल खेलाउँदा सबै जनाले बडो जोश र उत्साहका साथ आ-आफ्नो मनपर्ने खेलाडीलाई समर्थन गर्ने क्रममा हुटिङ गरेको क्षणले गर्दा कार्यक्रम झन निकै रोमाञ्चक बनेको थियो। उक्त कार्यक्रममा बिशेष अतिथीको रुपमा सहभागी डा. गोपाल प्रसाद पौडेलले समसामयिक बिषयमा मिठासपुर्ण लयमा उत्कृष्ट कविता वाचन गरि उपस्थित सबैजनालाई मन्त्रमुग्ध बनाई मनोरञ्जन दिलाएका थिए। यसैगरी सोही कार्यक्रममा नेपालको सबै जिल्ला पश्चात बिश्व साईकल यात्राको शुरुवात युएईबाट गर्न युएई आएका खोटाङ दिक्तेल निवासी कर्ण श्रेष्ठ लाई साहसिक यात्रा सफलताको लागी केही आर्थिक रकम संकलन गरि सहयोग हस्तान्तरण तथा सम्मानपत्र प्रदान गरेको थियो । नेवा:पुच: युएईका उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधान लामो युएई बसाई लाई बिट मार्दै नेपाल फर्कन लागेको हुँदा बिदाई कार्यक्रमको पनि आयोजना गरेको थियो। लामो समय युएईमा रहेर नेवा: पुच: लाई दिंदै आएको योगदानको उच्च मुल्यांकनको कदर गर्दै पुच: का संरक्षक प्रमोद श्रेष्ठले सम्मान पत्र तथा अध्यक्ष लक्ष्मण श्रेष्ठ बाट दोसल्ला ओढ़ाई पिच:का उपाध्यक्ष एवम् फोनिज युएईका कावा अध्यक्ष राजेश प्रधान लाई सम्मान गरेको थियो। सम्मानकै क्रममा उपस्थित नेवा: पुच: का सम्पुर्ण पदाधिकारीहरुले मायाको चिनो स्वरुप बिभिन्न उपहार तथा खादा ओढ़ाएर सम्मान गर्दै उज्वल भविष्यको कामनाको लागी र नेवा: पुच: युएईको नेपालको लागी प्रतिनिधि भएर कार्य गर्नको लागी शुभकामना ब्यक्त गरेका थिए।सोही क्रममा पुच: का सदस्य निरभ राजथला तथा हेटौंडा न.पा. नेवा: गुठीका संस्थापमा धर्मलाल राजथला लाई पनि सम्मानपत्र प्रधान गरेको थियो। नेपाल भ्रमण बर्ष २०२० लाई सफल बनाउन बिश्वमा छरिएर बसेका सबै नेपालीहरु एकजुट भएर सहयोग गर्नको लागि आग्रह गर्दै हामी नेवारहरु जो जुनसुकै देशमा रहे पनि हाम्रो संस्कृति र संस्कार लाई नबिर्सीकन यस्तो खाले कार्यक्रमहरु गर्दै जानु पर्छ र हाम्रा सन्ततीहरुलाई आफ्नो भाषा , संस्कृतिको जगेर्ना गर्न उत्प्रेरित बनाउँदै जाने लक्ष्य नेवा: पुच : युएईले लिएको र हरेक कार्यमा सबैको साथ र सहयोग प्राप्त भई नयाँ साथीहरु पुच: मा आवद्ध हुने क्रम बढ्दै गएकोमा आफ्नो ब्यक्तिगत तर्फबाट र नेवा: पुच: युएई परिवारको तर्फबाट खुशी ब्यक्त गर्दै नेवा:पुच:युएई तथा नेपाल आदिवासी जनजाति महासंघ युएईका महासचिव कुमार बलामीले हार्दिक आभार ब्यक्त गरेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...