हिल्सामा हेलिकोप्टर छेउ सेल्फी लिंदा एक भारतीयको ज्यान गयो |

अन्य

हिल्सामा हेलिकोप्टर छेउ सेल्फी लिंदा एक भारतीयको ज्यान गयो |
श्रावण २९ काठमाडौं:-हिल्सामा हेलिकोप्टर छेउमा सेल्फी लिँदा एक भारतीय तीर्थयात्रीको मृत्यु भएको छ। मानसरोवर दर्शन गर्न गएका भारतीय तिर्थ यात्री नरेन्द्र कुमार कार्तिकेय मेहताको हेलिकोप्टर नजिकै उभिएर सेल्फी लिने क्रममा मृत्यु भएको हो। महाराष्ट्रका अन्दाजी ४२ वर्षका नरेन्द्र श्रीमतीका साथ मानसरोवर यात्रामा गएका थिए। सिमीकोटबाट ६ जना तिर्थयात्री लिएर गएको मनाङ एयरको अल्फा ९ भिक्ट्री हिल्सामा अवतरण गरेको स्रोतले बतायो। स्रोतका अनुसार ती यात्रुले सेल्फी लिने क्रममा हेलिकोप्टरको पछिल्लो भागमा रहेको टेल रोटरमा ठोक्किन गइ मृत्यु भएको स्रोतले जानकारी दिएको छ। यात्रु ठोक्किएर भएको दुर्घटनामा हेलिकोप्टरको पछिल्लो भागमा समेत क्षति पुगेको स्रोतले जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...