चौथो पटकको नेपाल भ्रमणमा हुँदा भारतीय प्रधानमन्त्री मोदी पोखरा आउने |

अन्य

चौथो पटकको नेपाल भ्रमणमा हुँदा भारतीय प्रधानमन्त्री मोदी पोखरा आउने |
श्रावण २० पोखरा :- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले पोखरा घुम्ने अधुरो चाहाना पूरा गर्ने भएका छन् । चौथो पटक नेपाल आउन लागेका प्रधानमन्त्री मोदीले तेस्रो पटक आउदा पूरा नभएको पोखरा घुम्ने चाहाना पूरा गर्न लागेका हुन् । भदौ १४ र १५ गते हुने चौँथो विमस्टेक बैठकमा भाग लिन आउन लागेका मोदीले दुई दिन नेपालमा रहदा पोखराको भ्रमण गर्ने भएका हुन् । यसअघि नेपाल भ्रमणका क्रममा जनकपुर र मुक्तिनाथ पुगेका उनी यसपटक पोखरा सहित लुम्बीनी पुग्ने भएका हुन् । नेपालस्थित भारतीय दूतावासका अनुसार मोदीको पोखरा भ्रमणको तयारी सुरु भएको छ । बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीका देशको प्रयास (विमस्टेक) नामक क्षेत्रीय संगठनको चौँथो शिखर सम्मेलन काठमाडौँमा हुन लागेको हो । नेपाल अध्यक्ष रहेको बिमिस्टेकका अन्य सदस्यमा बंगलादेश, भारत, म्यान्मार, श्रीलंका, थाइल्याण्ड, भुटान छन् ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...