पोखरामा कुलोले एक बालकको ज्यान लियो |

अन्य

पोखरामा कुलोले एक बालकको ज्यान लियो |
भदौं ११ पोखरा :- पोखरामा कुलोमा बगेर एक बालकले ज्यान गुमाएका छन् । पोखरा २६ निवासी होमकुमारी गुरुङका ४ वर्षीय छोरा अजितको सोमबार कुलोले बगाएर ज्यान गएको हो । अजितको शव दिउँसो १ बजेतिर पोखरा २७ खोलाको डिल स्थित कुलोले तैराएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डिएसपी रविन्द्रमान गुरुङले जानकारी दिए । परिवारलाई उद्दृत गर्दै प्रहरीले दिएको जानकारी अनुसार बालक ४ घण्टादेखि हराएका थिए । पछि नजिकैको कुलोले बगाएको हुन सक्ने आशंका गरी खोजी गरिएको थियो । पछि, खोलाको डिलमा बालकको शव भेटिएको थियो पोखराका मुख्य बजार क्षेत्रभित्र नै जमिन मुनी भएर बग्ने कुलो सुरक्षित छैनन् । माथि तारजाली राख्न र सुरक्षित बनाउन अत्यन्त आवश्यक भईसकेको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...