पोखरामा सांसद र व्यवसायीलाई फिरौती माग्दै धम्कीदिनेहरु सार्वजनिक |

अन्य

फेब्रअरी १ काठमाडौँ :-प्रदेस सभाका सांसद विन्दुकुमार थापा र व्यवसायीहरु कालु गुरुङ,लगायतलाई पुस २५ देखी मनोज पुन भन्दै धम्काएर फिरौती माग्ने ४ जनालाई प्रहरीले विहीवार सार्वजनिक गरेको छ ।घटनामा स्याङ्जा टक्सार घर भई हाल पोखरा जरेवर वस्ने नलवहादुर गुरुङ, फेदीखोला घर भई जरेवरनै वस्ने अमृत खड्का, पर्वत कुस्मा वस्ने रामु सुवेदी र फेदीखोलाकै शिव कार्की संलग्न रहेको प्रहरीले जनाएको छ । उनीहरुले कालु गुरुङसँग १० करोड र थापासँग २ करोड रुपैयाँ फिरौती मागेका थिए ।

माघ १५ गते सांसद थापालाई ३ दिनको अल्टिमेटम दिएर धम्कीपूर्ण म्यासेज पठाएपछि प्रहरीले केन्द्रीय अनुशन्धान व्युरोको समन्यवमा सिडीआर अनुसन्धान गर्दा स्याङजावाट शिव कार्कीलाई पक्राउ गरेको थियो । पक्राउ परेका कार्कीले भेटाएको सिम अमृत खड्कालाई दिएको वताएपछि खड्काको डेरामा पुग्दा रामु सुवेदी पनि सँगै रहेको र माघ १५ गते शान्तिवनमा गएर सुवेदी र खड्काले थापालाई धम्कीपूर्ण म्यासेज पठाएका थिए । खड्कालाई पक्राउ गरेपछि मुख्य योजनाकार नरवहादुर गुरुङ खड्काको डेरावाट निस्केको अवस्थामा प्रहरीले पिछा गर्दै जाँदा रामवजार पेन्सन क्याम्प अगाडीवाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय कास्की एसपि अशोक सिँहले जानकारी दिए ।

घटनामा संलग्न रामु सुवेदीले भारतिय नम्वरवाट मनोज पुनको नाम लिई फोन गर्ने गरेको र अमृत खड्काले नेपालवाट मनोज पुन समुहको व्यक्ति हुँ भनेर धम्की दिने गरेको अनुसन्धान पछि खुलेको सिँहको भनाई छ । पक्राउ परेकाहरुलाई अपहरण तथा ज्यान मार्ने उद्योग अन्तर्गत मुद्धा चलाईने प्रहरीको भनाई छ ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...