नेपाल सरकारले एसइइ परिक्षा नगर्ने निर्णय।

अन्य

नेपाल सरकारले एसइइ परिक्षा नगर्ने निर्णय।
जुन १० काठमाडौँ :-नेपाल सरकारले यसवर्ष माध्यमि शिक्षा परीक्षा (एसइइ) नगर्ने निर्णय गरेको छ ।आज (बुधबार) बसेको मन्त्रिपरिषद् बैठकले यस वर्ष नियमित परीक्षा नगरी कानूनी रुपमा मिलाएर विद्यालयको आन्तरिक मूल्याङ्कनका आधारमा परीक्षा हुने निर्णय भएको उर्जा मन्त्री वर्षमान पुनले बताए ।मन्त्री पुनले एसईई खारेज नभइ विद्यालयलाई जिम्मा दिइएको बताए । यसमा पनि आन्तरिक परीक्षा र मूल्याङ्नक हुने उनले बताए । शिक्षा मन्त्री गिरिराजमणि पोखरेलले यसको प्रस्ताव मन्त्रिपरिषद्‍मा लगेका थिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...