उत्तरी सिरियामा विद्रोहीको नियन्त्रित इलाकामा बिषालु ग्यास हमलाको आशंका |

अन्य

उत्तरी सिरियामा विद्रोहीको नियन्त्रित इलाकामा बिषालु ग्यास हमलाको आशंका |

फेब्रअरी ५ सिरिया :-उत्तरी सिरियाबाट प्राप्त विवरणहरूका अनुसार विद्रोही नियन्त्रित इड्लिब प्रान्तमा सिरियाली सरकारले थप हवाई आक्रमण गरेको छ।केही स्रोतले विषालु ग्यास प्रयोग भएको हुनसक्ने बताएका छन्।आकाश माथिबाट हेलिकप्टरहरू उड्दा एक किसिमको नराम्रो गन्ध आएको स्थानीयबासी र स्वास्थ्यसम्बन्धी कर्मचारीहरूले जनाएका छन्।सराकेब शहरका १५ नागरिकलाई अस्पताल लगिएको एक चिकित्सकले बताए।

4822d456150f464098203e02f16e8a88_18

उनका अनुसार क्लोरिनको गन्धका कारण तिनीहरूमा श्वास-प्रश्वाससम्बन्धी र आँखा पोल्ने समस्या देखिएको थियो।उनले भने, "१५ जना नागरिकहरू विषबाट प्रभावित भएका थिए। र, यससँग सम्बन्धित तस्बिरहरू वरपरका अस्पताल र 'ह्‌वाइट् हेलमेट्' स्वयम्सेवकहरूबाट प्राप्त गर्‍यौँ। तीन जना स्वयम्सेवकहरू पनि विषले प्रभावित भएका थिए। उनीहरूमा सास रोकिएको लक्षण थियो र उनीहरूबाट क्लोरिनको गन्ध आएको थियो। उनीहरूमा आँखा चिलाएको र छटपटी भएको देखिएको थियो।"

सराकेब शहर नजिकैका अन्य गाउँहरूमा हवाई आक्रमण हुँदा छ जना मारिएका छन्।विपक्षी फौजविरुद्ध रासायनिक हतियार प्रयोग गरेको भन्ने अमेरिकी आरोपलाई सिरियाली सरकारले भने खण्डन गरेको छ।गत महिना दमास्कसबाहिरको शहर पूर्वी गुटामा विद्रोहीविरुद्ध रकेट आक्रमण भएपछि २० जना भन्दा बढी मानिसमा श्वास-प्रश्वासम्बन्धी समस्याको उपचार गरिएको थियो।

साभार :-अल्जजिरा

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...