कास्कीको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सम्पन्न ।

अन्य

अक्टुबर ३१ पोखरा :-कास्कीको मादी गाउँपालिकाको सिक्लेसमा सञ्चालित सिक्लेस जलविद्युत् आयोजनाको निर्माण कार्य सकिएको छ । केसी कन्सट्रक्सनको सिक्लेस हाइड्रोपावर कम्पनीले तीन वर्षअघि शुरु गरेको सो आयोजनाबाट उत्पादित १३ मेगावाट विद्युत् तीन सातापछि नियमित रुपमा राष्ट्रिय प्रसारण लाइनमा जोडिने आयोजनाका प्रबन्ध निर्देशक किरण केसीले जानकारी दिनुभयो ।

ect

कूल रु दुई अर्ब पाँच करोडको लागतमा निर्माण गरिएको सो आयोजनाले अहिले काम सकेर परीक्षण उत्पादन गरिरहेकोे छ । सिक्लेस गाउँ नजिकैको मड्क्यू खोलामा बाँध बनाई जम्मा गरिएको पानीलाई तीन किलोमिटर सुरुङबाट दुईवटा टर्वाइनबाट पानी तल झारी विद्युत् उत्पादन गरिएको छ । उत्पादित विद्युत् १३२ किलोमिटर केभी प्रसारण लाइनबाट लेखनाथस्थित बूढीबजारमा निर्माण भएको सब–स्टेशनमा जोडिएको छ ।‘रन अफ द रिभर’ मा आधारित सो आयोजनाले नेपाल विद्युत् प्राधिकरणसँग हिउँदको समयमा प्रतियुनिट रु सात र बर्खायाममा प्रतियुनिट रु चारका दरमा विद्युत् खरिदबिक्री सम्झौता भएको निर्देशक केसीले बताउनुभयो । रासस


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...