सत्तारुट दल नेकपाले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगायो ।

अन्य

सत्तारुट दल नेकपाले ७७ जिल्लाको अध्यक्ष र सचिव टुंगो लगायो ।
अप्रील २२ काठमाडौँ :-नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ७७ जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको छ।आइतबार साँझ प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सचिवालय बैठकले ७७ जिल्लाकै जिल्ला कमिटी अध्यक्ष र सचिवको टुंगो लगाएको पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए। उनले सचिवालयले गरेको निर्णय भोलि सार्वजनिक गरिने जानकारी दिए । प्रवक्ता श्रेष्ठले छिट्टै केही दिन भित्रैमा पोलिटब्यूरोको गठन गरी सबै केन्द्रीय समितिका सदस्यहरूको पनि कार्यविभाजन गरिने जानकारी दिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...