परपुरुषसंग सम्बन्ध गाँसेको एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारे।

अन्य

परपुरुषसंग सम्बन्ध गाँसेको एक युवतीले आफ्नै छोरालाई विष खुवाएर मारे।
माघ २३ काठमाडौँ :-सल्यान छत्रेश्वरी गाउँपालिका–४ सुगरपोखरीकी १९ वर्षकी युमुना केसी भनिने एलिशा खत्रीले ४ वर्षका छोरालाई विष खुवाएर हत्या गरेको प्रहरीले जनाएको छ । सल्यानका प्रहरी प्रमुख डीएसपी वीरेन्द्रबहादुर शाहीका अनुसार परपुरुषसँग सम्बन्ध राखेकी केसीले छोरा समीरलाई गत पुस २८ गते सल्फास नामको विषादी खुवाएकी थिइन् । बालकले वान्ता गर्न थालेपछि श्रीनगरको अधिकारी पोलिक्लिनिकमा उनैले लगिन् । त्यहाँ डाक्टरले बालकलाई मृत घोषित गरेका थिए । त्यसपछि बालकलाई गाउँमा ल्याई दाहसंस्कार गरिएको थियो । बालकको दाहसंस्कार गरेको साँझ सोही घरमा बास बसेका पाहुनाहरुबाट प्रहरीले घटना शंकास्पद रहेको जानकारी पाएपछि अनुसन्धान सुरु गरेको थियो । ‘बास बसेका पाहुनाहरुले कोठामा सुत्ने क्रममा विषादीको गन्ध र धुलो देखेपछि शंका लागेर प्रहरीलाई खबर गरे, अनि हामी पुगेका हौं’ डीएसपी शाहीले भने । प्रहरीले आमा एलिशालाई पुुस २९ गते पक्राउ गरेको थियो । भारतमा काम गर्ने एलिशाका श्रीमान घटना हुनुभन्दा १० दिनअघि मात्र घरबिदा सकेर काममा फर्किएका थिए । प्रहरीसँगको बयानका क्रममा एलिशाले श्रीमानले आफूलाई कुटपीट गर्नुका साथै अर्को विहे गर्ने चेतावनी दिएको आरोप लगाएकी छन् । आफ्नो पनि एक युवकसँग सम्बन्ध रहेको र उसलाई आफू अविवाहित हुँ भनी ढाँटेको उनको स्वीकारोक्ति छ । ती यूवकसँग बिहे गर्ने योजना रहेको पनि उनले बताएकी छन् । एलिशाले कर्तव्य गरी छोरालाई मारेको देखिन आएको भनी माघ २२ गते प्रहरीले जिल्ला अदालतमा पेस गरेको छ । रा स स

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...