पोखरामा अब्यबस्थित आईल्याण्डहरु पुनः भत्काउन शुरु |

अन्य

पोखरामा अब्यबस्थित आईल्याण्डहरु पुनः भत्काउन शुरु |
कार्तिक २० पोखरा :- पोखराका अव्यवस्थित आइल्यान्डहरू भत्काउन शुरु भएको छ । एक वर्ष अघिदेखि नै आइल्यान्ड भत्काउन शुरु गरे पनि केही विवादका कारण रोकिएको काम सोमबारबाट सुरु भएको हो । पोखरा–बाग्लुङ जिरो किलोमा योगेन्द्र शेरचनको सालिक रहेको आइल्यान्डबाट भत्काएर सुरु भएको अभियान बिरौटा चोक पुगेको छ । पोखरा महानगरपालिकाका अनुसार चिप्लेढुंगामा रहेको बिपीचोक, टुँडिखेलमा रहेको हरिचोक, एयरपोर्टनजिक मुस्ताङचोक र सहिदचोकलगायतका चोकका आइल्यान्ड भत्काइने भएको छ । मेयर मानबहादुर जिसीले पोखराका सबै चोकमा रहेका भद्दा आइल्यान्ड भत्काइने अभियान पुनः सुरु भएकोछ । पोखरा महानगरका मेयर मानबहादुर जिसीले आइल्यान्डमा रहेका सालिक सार्नका लागि पार्क बनाउने काम अगाडि बढिसकेको बताए । पार्क बनाएर सार्ने भएपछि नै भद्दा आइल्यान्ड भत्काउन पुनः सुरु भएको उनले बताए । पोखरा महानगर वडा नम्बर १८ सराङकोटमा ४५ रोपनी जमिन पार्क निर्माणका लागि छुट्याएको र त्यसका लागि डिपिआरसमेत तयार भइसकेको उनले बताए । यसै आर्थिक वर्षमा पार्क निर्माण गर्ने गरी महानगरले एक करोड रुपैयाँ बजेट छुट्याएको छ । एउटा समिति गठन गरी शहिद र राष्ट्रिय विभूति छुट्याएर पार्कभित्र छुट्टाछुट्टै स्थान तोकिने मेयर जिसीले बताए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...