पोखरामा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना।

अन्य

पोखरामा मुख्य  निर्वाचन अधिकृतको कार्यालय स्थापना।

अक्टुबर २६ पोखरा :- मंसिर २१ गते हुन गइरहेको प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनका लागि जिल्ला समन्वय समिति कास्कीको भवनमा आजदेखि मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएको छ ।मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले आज एक कार्यक्रमका बीच कार्यालयको उद्घाटन गर्दै निर्वाचनलाई निष्पक्ष, स्वतन्त्र र भयरहित वातावरणमा सम्पन्न गर्न सबै राजनीतिक दल, मतदाता र राष्ट्रसेवक कर्मचारीहरुको दायित्व समान रहेको धारणा राख्नुभयो । उहाँले निर्वाचनका कार्यक्रमलाई अघि बढाउन निरन्तर छलफल गर्दै अघि बढ्ने धारणा राख्नुभयो ।कास्कीका प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले निर्वाचनलाई शान्तिपूर्ण तरिकाले सम्पन्न गर्न स्थानीय प्रशासनले सुरक्षाको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

निर्वाचन अधिकृत गंगालाल सुवेदीले स्थानीय तहको निर्वाचनमा झैँ प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा सबैको सहयोग प्राप्त हुने विश्वास व्यक्त गर्नुभयो ।कार्यक्रममा विभिन्न राजनीतिक दलका प्रतिनिधि, सुरक्षा निकाय प्रमुख र सञ्चारकर्मीको उपस्थिति रहेको थियो ।जिल्ला समन्वय समितिको भवनमा प्रतिनिधि सभा क्षेत्र नं ३, पोखरा उपत्यका नगर विकास समितिको भवनमा क्षेत्र नं १ र डिभिजन सहकारी कार्यालयको भवनमा क्षेत्र नं २ को निर्वाचन कार्यालय राखिएका छन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...