लम्जुङ्गमा आगलागी हुँदा दुई दम्पत्तिको मृत्यु ।

अन्य

सेप्टेम्बर १ लम्जुङ्ग :-लमजुङको मस्र्याङ्दी गाउँपालिका९ मा घरमा आगलागी हुँदा दम्पत्तिको मृत्यु भएको छ । आगलागी हुँदा ५६ वर्षीय धर्मराज भण्डारी र उनकी श्रीमती ४५ वर्षीया पशुपतिको सोमबार राति जलेर मृत्यु भएको खुदी प्रहरी चौकीका हवल्दार उत्तम गुरुङले बताए ।उनले भने, ‘आगलागीको कारण यही हो भन्न नसकिए पनि उनीहरू दुवै जना बढी मादकपदार्थ सेवन गर्ने र ग्याँसबाट चुरोट सल्काउने गर्दथे । त्यही समयमा ग्याँस लिक भएर आगलागी भएको हुनसक्छ । बढी मादक पदार्थ सेवन गर्ने गरेकाले १०÷१५ दिनअघि मात्रै दुवै जना सुधार केन्द्रमा बसेर घर फर्किएका थिए ।’ढुंगामाटाका गाह्रो र जस्तापाताको छानो भएको धन्सार जस्तो एकतले घर जलेर नष्ट भएको छ । घरभित्र रहेका केही पनि सामान निकाल्न नभ्याएको प्रहरीले जनाएको छ । त्यहाँका अरु घर पनि टाढाटाढा छन् ।प्रहरीले ढिलो खबर भएकाले समयमै पुग्न नसकेको बताएको छ । के कति भौतिक क्षति भयो भन्नेबारे यकिन भई नसकेको प्रहरी हवल्दार गुरुङको भनाइ छ । धर्मराज पूर्वगोरखा सैनिक हुन् ।


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 1.00)
Loading...