धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै धनकुटा बन्द |

अन्य

धनकुटालाई प्रदेश राजधानी बनाउन माग गर्दै धनकुटा बन्द |

डिसेम्बर १८ धनकुटा:- धनकुटालाई प्रदेश नं १ को राजधानी बनाउनु पर्ने माग गर्दै शुरु भएको आन्दोलनको दोस्रो दिन जिल्लाबासीले धनकुटा बन्द गराएका छन ।आईतबार क्षेत्रीय प्रशासन कार्यालय घेराउ गरेर सरकारलाई ज्ञापन बुझाएका धनकुटाबासीले सोमबार बिहानैदेखि बजार बन्द गराएका छन् ।

बजारका पसल पूर्ण रुपमा बन्द छन् । धनकुटा भएर चल्ने लामो तथा छोटो दुरीका सवारी साधान चलेका छैनन् । यातायातका साधन नचल्दा धनकुटा हुँदै तराई तथा भोजपुर, संखुवासभा र तेह्रथुम लगायतका जिल्ला जाने सावारीसाधन ठप्प छन् ।सरकारी सवारी साधान समेत बन्दकर्ताले चल्न दिएका छैनन् । सुरक्षाकर्मी सवार गाडी र एम्बुलेन्सलाई भने सहज रुपमा चल्न दिएको आन्दोलनको नेतृत्व गरिरहेको धनकुटा उद्योग बाणिज्य संघका अध्यक्ष उमेश घिमिरेले बताए ।

धनकुटालाई प्रदेशको राजधानी बनाउन गरिएको आन्दोलनमा ऐक्यबद्धता जनाउँदै नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन ९प्याब्सन० र राष्ट्रिय नीजि तथा आवासीय विद्यालय अर्गनाईजेसन ९एन प्याब्सन०ले समेत विद्यालय बन्द गरेका छन् |

स्रोत :-Everest news


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...