नेपाल मगर संघ शाखा युएईद्वारा खाद्यान्न सामग्री राहत सहयोग ।

विदेश

नेपाल मगर संघ शाखा युएईद्वारा खाद्यान्न सामग्री राहत  सहयोग ।
एप्रिल १९ मनु कोंमे तमु युएई :-बिश्वब्यापी रूपमा अत्यधिक विकराल महामारी चरम शिखरमा पुगेको कोभिड - १९ कोरोना भाइरसको कारणले गर्दा युएईमा धेरै नेपालीहरुको रोजगारी गुमेको अवस्था रहेको छ । विश्वभरका कोभिड - १९ बाट संक्रमित सबै राष्ट्रहरु ले अनिश्चितकालीन लकडाउन घोषणा गरेर भाइरस संक्रमित बाट सुरक्षीत तदारुकता अपनाइ रहेको छ भने लकडाउनको कारण कयौं श्रमिकले रोजगार गुमाउनुको साथै खाना बस्नमा भोकै बस्नु पर्ने अवस्था रहेको छ। एनआरएन युएईले युएई सरकार संग स्वीकृति लिइ केहि दिन देखी निरन्तररुपमा युएईको विभिन्न स्थानमा कोभिड - १९ कोरोना भाइरसका कारण लकडाउनमा परी रोजगार गुमाएका नेपालीहरु खाना नपाइ भोकै बसेका बस्ने ठाउँ नभएका श्रमजीवी वर्ग प्रभावितहरुको लगत संकलन,नेपालीहरुको अवस्था बुझ्ने , खाद्यान्न सामाग्री रहत बितरण गर्ने कार्यमा संक्रमणको कुनै प्रवाह नगरी राहत सामाग्री बितरण गरि रहेको छ्। एनआरएनए सारजाहका संयोजक, नेफिन युएईका निवर्तमान अध्यक्ष एवं बर्तमान प्रमुख संरक्षक तथा एनआरएनए युएईका उपाध्यक्ष पासाङ रिन्जी शेर्पा, एनआरएन आइसिसीका मध्य पुर्व उपसंयोजक मनोज गोर्खाली,एनआरएनए युएईका अध्यक्ष प्रकाश कोइराला,एनआरएनए युएईका युवा संयोजक मदन अधिकारी,नेपाल मगर संघ शाखा युएईका निवर्तमान अध्यक्ष एवं नेफिन युएई संरक्षक समिति सदस्य टंक थापा मगर र समाजिक अभियन्ता सुनिता थापा मगर राहत सामग्री बितरणमा जुटेका छन। नेपाल मगर संघ शाखा युएईले एनआरएनए युएई संग सहकार्य गर्दै नेपाल मगर संघ शाखा युएईका अध्यक्ष शिला रानामगर , नेपाल मगर संघ शाखां युएईका निवर्तमान अध्यक्ष एवं प्रमुख सल्लाहकार तथा नेफिन युएईका संरक्षक समिति सदस्य टंक थापा मगर र नेपाल मगर संघ शाखा युएईका पुर्व संरक्षक सुनिता थापा मगरको संयोजकत्वमा जहाँ जहाँ नेपालीहरु बढी प्रभावित छन त्यस ठाउँमा पुगेर तत्काल दैनिक उपभोग्य सामग्रीहरु बितरण गर्न १५० किलो चामल , २९ लिटर तेल २६ किलो दाल , १९ किलो प्याज ४० किलो आलु लगायत अन्य सामग्रीहरु एनआरएनए युएई लाई हस्तान्तरण गरेको नेपाल मगर संघ शाखा युएईका कोषाध्यक्ष प्रदीप पुन मगरले बताउनु भएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...