तेल अभिवमा भएको सांगीतिक साँझ भब्य रुपले सम्पन्न ,सागर आलेको दमदार प्रस्तुतिमा झुमे इजरायलका नेपालीहरु |

विदेश

तेल अभिवमा भएको सांगीतिक साँझ  भब्य रुपले सम्पन्न ,सागर आलेको दमदार प्रस्तुतिमा झुमे इजरायलका नेपालीहरु |

मार्च १७ इजरायल :-'' नेपालमा गरिब,असहाय,अपाङ्ग र जेहेन्दार बालबालिकाहरुलाई शैक्षिक छात्रवृत्ति प्रदान गरिरहेको किराँत याक्थुङ चुम्लुङ इजरायलको कल्याणकारी कोष बृद्दि गर्ने उद्देश्य राखी किराँत याक्थुङ चुम्लुङ इजरायलको आयोजना ,ह्योल्मो समाज इजरायल ,नेपाल मगर संघ इजरायल र किराँत राई यायोख्खा इजरायलको सह-आयोजनामा गत शुक्रबार हागना १३५ तेलअबिब इजरायलमा सम्पन्न भएको च्यारिटी सांगीतिक सांझ भब्य रुपले सम्पन्न भएको छ |

hoop

प्रमुख अतिथी नेपाली राजदुतावासबाट पाल्नु भएका महामहिम श्री निरन्जन कुमार थापा , विशिष्ठ अतिथि एआर एन ए इजरायलका अध्यक्ष छिरिंग शेर्पा ,नयन इम्सोंन्ग किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान अध्यक्ष गिता तुम्बाहाङफे, लगायतबाट रिबन काटी उद्घाटन गरिएको सो कार्यक्रममा सस्थाका अध्यक्ष गिता तुम्बाहाङफेले स्वागत मन्तब्य राख्नु भएको थियो | तोकिएको समय भन्दा केहि ढिलो शुरु भएको सो कार्यक्रममा दर्शकहरुको ठुलो सहभागिता रहेको थियो |नेपालबाट आमन्त्रित कलाकार नेपाल आइडलका टप ४ स्थानका उदयमान गायक सागर आलेको प्रस्तुतिबाट दर्शकले भरपुर मनोरंजन लिएका थिए भने साहित्यकार,कवि तथा राष्ट्रिय कलाकार( झाक्री बाजे) उपेन्द्र सुब्बाले पनि दर्शकहरुलाई भरपुर मनोरंजन दिनुभएको थियो इजरायलमा रहेका स्थानीय कलाकारहरुको प्रस्तुतिपनि सराहनीय लाइक थियो |

lop

sagar1

sagar

magar2

कार्यक्रममा नेपाली राजदुतावासबाट पाल्नु भएका महामहिम श्री निरन्जन कुमार थापाले स्वागत मन्तब्य राख्नु हुँदै परदेशीभूमिमा रहेर पनि आफ्नो कला संस्कृति जगेर्ना गर्दै दुखी, गरिब र पिडितको सेवा गर्नको लागि योजना गरिएको च्यारीटि सो कार्यक्रम सराहनीय योग्य भएको बताउनु भयो |साथै किरात याक्थुङ चुम्लुङ इजरायलको कल्याणकारीकोष बारेमा कियाचु इजरायलका वरिष्ठ सल्लाहकार श्री जीवन थक्लुङले जानकारी गराउनु भएको थियो |नेपालबाट आमन्त्रित कलाकारद्वयलाई कार्यक्रम आयोजकको तर्फबाट कार्यक्रम प्रमुख अतिथि नेपाल राजदुताबासका महामहिम राजदुत श्री निरन्जन कुमार थापा ज्युद्वारा सम्मान पत्रबाट  सम्मान गरिएको थियो ,त्यसै गरि कार्यक्रमको स आयोजक मध्येका एक नेपाल मगर संघ इजरायलको तर्फबाट संघका कार्यबाहक अध्यक्ष लिला थापा मगरले नेपालबाट आउनु भएका कलाकारद्वयलाई खादा तथा सम्मान पत्रका साथ सम्मान गर्नु भएको थियो |

kop

कार्यक्रम किराँत याक्थुङ चुम्लुङ इजरायलका महासचिव कुमार आङ्देम्बे अबि र संचालिका सचीव नुमा बखिमले संचालन गर्नु भएको थियो | किराँत याक्थुङ चुम्लुङ इजरायलकी वर्तमान अध्यक्ष गिता तुम्बाहाङफे कार्यक्रम सफल बनाउनको लागि साथ दिनु हुने बिभिन्न संघ संस्था,पत्रकार लगायत उपस्थित, अनुपस्थित इजरायलबासी सम्पुर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीमा आयोजक कियाचु इजरायल तथा सह आयोजक संघ संस्थाहरुको तर्फबाट हार्दिक धन्यबाद प्रकट गर्नु भएको थियो |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...