माघे सक्रान्ती पर्व २०७६एतिहासिक रुपमा सम्पन्न ,५० लाखको गरिब तथा जेहेन्दार बिद्यार्थी अक्षयकोषको लक्ष्य पुरा गर्ने घोषणा।

विदेश

माघे सक्रान्ती पर्व २०७६एतिहासिक रुपमा सम्पन्न ,५० लाखको गरिब तथा जेहेन्दार बिद्यार्थी अक्षयकोषको लक्ष्य पुरा गर्ने  घोषणा।
जनवरी १९ इजरायल :-मगर समुदायको मौलिक पहिचान ,भेषभुषा , भाषा ,धर्म ,संस्कार, कला ,संस्कृति, पराम्परलाई संरक्षण,सम्बर्द्धन,प्रबर्द्धन गर्नको लागी नेपाल मगर संघ शाखा इजरायलले स्थापना भए देखि नै मगरहरुको आफ्नो मौलिक पहिचान बोकेका चाडपर्वहरु प्रत्येक बर्ष भब्य रुपले मनाउंदै आईरहेको छ ।यसै क्रममा यस बर्षको माघे सक्रान्ती पर्व ( माघ्या सकराटी)२०७६ कार्यक्रम भब्य रुपले मनाएको छ ।हगाना बेईत बरबुर १३५ ,तेल अभिवमा जनवरी १७ शुक्रबार सम्पन्न भएको सो कार्यक्रम नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष लिला थापा मगरको सभापतित्वमा सम्पन्न भएको थियो भने प्रमुख अतिथीमा नेपाली राजदुताबासका नियोग उपप्रमुख अर्जुन घिमिरे ,बिशिस्ट अतिथिमा नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगर,बिशेष अतिथीमा एन आर एन एन सी सी इजरायलकी अध्यक्ष शान्ता ज्ञवाली अधिकारी रहेका थिए ।त्यसै गरि इजरायलमा रहेका सम्पूर्ण जातीय ,धार्मिक ,राजनीतिक र सामाजिक संघ सस्थाहरुको अध्यक्ष तथा प्रतिनिधी हरुको उपस्थिती रहेको थियो ।   कार्यक्रमका सभापती ,प्रमुख अतिथी ,बिशिस्ट अतिथि ,बिशेष अतिथीको सामुहिक दिप प्रज्वलन पछी शुरु भएको कार्यक्रममा स्वागत मन्तब्य कार्यक्रम संयोजक तथा नेपाल मगर संघ इजरायलका दित्तीय उपध्यक्ष मन राना मगरले गरेका थिए ।आफ्नो समुदायको पहिचान अनुसार सभापति , प्रमुख अतिथी ,बिशिष्ठ अतिथी ,बिशेष अतिथीले फेटा लगाई सम्मान गरिएको थियो ,साथै एक बर्ष अगाडी बित्नु भएका नेपाल मगर संघ शाखा इजरायलका अविभावक नन्द राना मगरलाई सम्झेर एक मिनेट मौन धारण पनि गरिएको थियो ।मन्तब्यको क्रममा नेपाल मगर संघ इजरायल शाखाका प्रथम उपध्यक्ष जय पुन मगरले मगर समुदायमा माघे सक्रन्तीको महत्वबारे प्रस्ट परेका थिए भने प्रमुख अतिथीमा नेपाली राजदुताबासका नियोग उपप्रमुख अर्जुन घिमिरे ,बिशिस्ट अतिथिमा नेपाल आदिबासी महासंघ इजरायलका अध्यक्ष तारा काउचा मगरले पनि शुभकामना मन्तब्य दिनु भएको थियो ।   औपचारिक कार्यक्रमको समापन गर्दै सभापति तथा नेपाल मगर संघ शाखा इजरायलका अध्यक्ष लिला थापा मगरले उपस्थित सम्पूर्णलाई धन्यवाद दिंदै,देश बिदेशमा रहनु भएका नेपालीहरुलाई माघे सक्रंतीको शुभकामना दिनु भएको थियो ।यसै क्रममा वहाले नेपाल मगर संघ शाखा इजरायलले गरिव तथा जेहेन्दार बिद्यार्थीहरुको लागी पचास हजार सेकेलको अक्षय कोषको स्थापनाको घोषणा गर्नुका साथै यसलाई करिब नेपाली पचास लाख पुर्याउने समाजको लक्ष रहेको पनि अवगत गराउनु भएको थियो । साथै बिदेशी भूमिमा रहेर आफ्नो कामबाट छुत्तिएको समय मगरहरुको भाषा सिक्ने प्रेरण दिएर प्रक्षिक्षकको रुपमा आफ्नो अमुल्य भूमिका निभाएकोमा कार्यक्रम संयोजक तथा संघका दित्तीय उपाध्यक्ष मन राना मगरलाई सम्मान गरिएको थियो ।कार्यक्रममा मगर पहिचान र संस्कृति झल्किने नृत्य ,गीतहरु प्रस्तुत गरिएको थियो भने तरुल ,बारा(बटुक )सहित मिठा मिठा परिकारहरुको बेबस्था गरिएको थियो ।कार्यक्रम नेपाल मगर संघ शाखा इजरायलका महासचिव तथा सचिव धनु काउच मगर ,बिबश आले मगरले आकर्षक ढंगले संचालन गरेका थिए । औपचारिक कार्यक्रमको समापान लगत्यै संस्कृतिक कार्यक्रममा नेपालबाट आमन्त्रित राष्ट्रिय कलाकार टंक बुढाथोकी र मनोज थापा मगरको प्रस्तुतीमा दर्शकले खुबै रमाएको देखिन्थ्यो ।टंक बुढाथोकिको प्रस्तुती आशा गरे जस्तै सन्तोष जनक रहेओ भने उदयमान गायक मनोज थापाको प्रस्तुती पनि दर्शकले मन पराए ।यस्तै प्रस्तुतीहरुको बिचमा स्थानीय कलाकारहरुको प्रस्तुति पनिले मनोरंजन दिलाएको थियो ।कार्यक्रममा दर्शक खचाखच भरिएको थियो भने नेपालीहरुको संख्यामा कमि रहेको इजरायलमा यो कार्यक्रममा सफल र भब्य रुपले सम्पान भयो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading ... Loading ...