तमु प्ये ल्हु अमेरिका च्यु -ल्होसार कार्यक्रम भब्य रुपमा सम्पन्न l

विदेश

तमु प्ये ल्हु अमेरिका च्यु -ल्होसार कार्यक्रम भब्य रुपमा सम्पन्न l
डिसेम्बर ३१ दिपेन गुरुङ फिष्टेल न्यूज:- ''प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु'' भन्ने भनाईलाई आत्मसात गर्दै तमु प्ये ल्हु संघ अमेरिकाले शुक्रबार १२ /२७ /१९ र शनिबार १२/२८ /१९ मा धुमधामसँग तमु महान पर्व ल्होसार मनाए ।बिदेशी भूमिमा भएर पनि हरेक वर्ष तमु प्ये ल्हु अमेरिका ले २ दिन ल्होसार मनाउदै आइरहेको छ ,यसै वर्ष पनि ल्होसार को पहिलो दिन छ्योपा त्हें ,यसै संस्था का अध्यक्ष्य तथा कार्यक्रम सभापती श्री टोउ क्रोम्छे तमु ,प्रथम उपध्यक्ष्य श्री चक्र क्रोम्छे तमु तथा सल्लाहकार श्री टेक बहादुर ल्हेगे तमुद्वारा सम्पन्न भएको थियो lदोस्रो दिन बालबालिकाहरुलाई Gift तथा Face Painting गरि कार्यक्रम शुरु भएको थियो । Civil Engineer ,"How To Heal With Singing Bowl" का लेखक , समाज सेवी तथा Rocky Mountain Friends of Nepal का भुतपुर्ब अध्यक्ष्य श्री सुरेन्द्र श्रेष्ठ ज्युको प्रमुख आतिथ्यमा सम्पन्न भएको उक्त ल्होसार कार्यक्रममा अतिथिमा मा नेपाली घर का अध्यक्ष श्री लछुमन राना,रक्की माउन्टेन फ्रेन्ड्स् आफ नेपालका उपाअध्यक्ष मणि बस्नेत, तमु धी कोलोराडो का सचिब श्री भुवन तमु उपस्थिति हुनुभएको थियो भने संस्थाका प्रमुख सल्लाहकार जित ब क्रोम्छे तमु, संस्था अभिबबक श्री टेक ब ल्हेगे तमु, श्रीमती चन्द्र कुमारी तमुस्यो पनि अतिथीको रुपमा उपस्थित हुनु भएको थियो । संस्था का उपा-प्रमुख सल्लाहकार तथा संस्थाका महिला बिभाग का अध्यक्ष्य आतिथ्य सत्कार , संघका अध्यक्ष टौ क्रोम्छे तमुको सभापतित्वमा सचिव सन्तोष क्रोम्छे तमुले सन्चालन गरेको उक्त कार्यक्रमलाई प्रमुख अतिथि श्री सुरेन्द्र श्रेष्ठ, प्रमुख सल्लाहकार जित ब क्रोम्छे तमु तथा कार्यक्रम का सभापति श्री टोउ ब क्रोम्छे तमुद्वारा संयुक्त क्होँईवो धिँ सहितको पानसमा दिप प्रज्वलन गरी विधिवत रुपमा समुद्घाटन गरेका थिए । कार्यक्रममा संस्थाका प्रमुख सल्लाहकार जित ब क्रोम्छे तमु तथा प्रथम उपध्यक्ष्य श्री चक्र क्रोम्छे तमुबाट स्वागत तथा शुभकामना मन्तव्य दिएका थिए भने उपस्थित अतिथ , सम्पूर्ण तमु तथा नेपाली दाजुभाई दिदि–बहिनीहरुले मृग वर्गको बिदाई तथा मुसा वर्गको स्वागत गर्दै ल्होसारको शुभकामना आदन प्रदान गरेका थिए । यसैगरी कार्यक्रमलाई थप मनोरञ्जन दिनको लागि विविध साँस्कृतिक कार्यक्रम तथा RAFFLE DRAW आयोजना गरिएको थियो lनेपाली राष्ट्रिय गानबाट प्रारम्भ गरिएको उक्त ल्होसार कार्यक्रममा साँस्कृतिक कार्यक्रमलाई समाज सेवी सरिता तमुस्यो , कल्पना तमुस्यो तथा दिपा तमुस्योबाट सन्चालन गरेका थिए ।यसैगरी कार्यक्रम का प्रमुख अतिथिलाई यसै संस्थाका अध्यक्ष्य तथा कार्यक्रम का सभापति श्री टोउ क्रोम्छे तमु बाट मायाको चिनो स्वरूप क्होँईवो धिँ प्रदान तथा प्रमुख आतिथिबाट च्यु -ल्होसार को शुभकामना मन्तब्य ब्यक्त गर्नु भएको थियो lRaffle Draw गरि चिट्ठा उपहार का प्रायोजक श्री चक्र क्रोम्छे तमु, केश ब ल्हेगे तमु तथा ढक ब ल्हेगे तमुले बिजेतालाई उपहार प्रदान गरेको थियो l सभापति श्री टोउ क्रोम्छे तमुबाट ब्यस्त समय बाबजुत पनि उपस्थित सबैलाई हार्दिक आभार तथा धन्यवाद व्यक्त गर्दै प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्हि म्हमु भन्ने भनाईलाई प्रकाश पार्दै सभापतिको आसनबाट अध्यक्ष टौ क्रोम्छे तमुले कार्यक्रम आयोजनामा भएका कमिकम्जोरीहरुप्रति क्षमा याचना गर्दै JANUARY - 02 -2021 Saturday,फेरी यसैगरी रमाईलो भेटघाट गरी ल्होसार मनाउने प्रतिवद्धता सहित औपचारिक कार्यक्रमको समापन गर्नु भएको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...