कतारमा फागु पुर्णिामा मे त्हले(धनुष बाण) दिवस सम्पन्न |

मूलबासि /भूमिपुत्र    विदेश

कतारमा फागु पुर्णिामा मे  त्हले(धनुष बाण) दिवस सम्पन्न |

मार्च ४चन्द्र ल्हेगें तमु दोहा कतार :-तमु प्ये ल्हु संघ कतारले बिगतको बर्ष झै यस बर्ष पनि ०२ फेब्रुअरी शुक्रबारको दिन दोहाको औद्योगिक क्षेत्र ५२ नम्बरमा तमु जातिको आफ्नै ऎतिहासिक मौलिक बोकेको पर्व फागु पुर्णिामा मे त्हले/ धनुष बाँण दिवस लाई दोश्रो धनुष बाँण प्रतियोगिता२०१८ गरि का.बा.अध्यक्ष संग्राम पह्च्यु तमुको अध्यक्षतामा सु सम्पन्न गरियो।

qt

संरक्षक युद्ध जङ पह्च्यु तमु , प्रमुख सल्लाहकार अ्मर ल्हेगे तमु हरुको हस्तबहाली बाट मे त्हले(धनुष बाँण)को पुजा गरि जेष्ठ नागरिक खिम ब प्ल्हेमे तमु बाट धनुष बाँण प्रहार गरि उड्घाटन गरिएको प्रतियोगिता खेलमा जम्मा २३ जना प्रतियोगिहरुको सहाभागिता रहेको थियो ।

qt1

उक्त प्रतिस्पर्धात्मक खेलमा सबैले आ आफ्नो कार्य कौशल्यता अनुसार खेल प्रदर्सन गरिएको थियो प्रत्येक खेलाडीहरुलाई तीन पटक मौका दिएको थियो भने निसाना लाग्नेहरुको स्कोरिङ को तालिका अनुसार प्रथम र दृतिया छुट्टाएको थियो जसमा दुई जना प्रतिस्पर्धात्मक रुपमा भिडेको थियो, उच्च अंक ८ ल्याई प्रथम स्थान हासिल गर्न सफल प्रतियोगी केश ब . कोके तमु र त्यसै गरि ५ नम्बर प्राप्त गरि दोश्रो स्थान लिन सफल तमु समाज कतार का सचिब ज्ञानु प्रु-क्ल्हेप्री तमु हुनु हुन्छ खेल लाई संचालन सचिब चन्द्र ल्हेगे तमुले गरेको थियो ।

qt2

प्रतियोगिको रुपमा संघमा आबद्ध पदाधिकारी सदस्यहरु रहेको थियो भने तमु समाज कतार बाट खेलको निम्ति नि बर्तमन अध्यक्ष रस गुरुङ्ग, बर्तमन महासचिब तेज पह्च्यु तमु , निबर्तमन कोषाध्यक्ष धन पह्च्यु तमु , सांस्कृतिक संयोजक मदन गुरुङ्ग र ज्ञानु प्रु क्ल्हेप्री तमु उपस्थित रहेको थियो।

qt3

प्रतियोगिता खेलको समाप्ती पछि सम्पुर्ण उपस्थित खेलाडी एवं सदस्य हरु पुनः संघको मासिक बैठक स्थालमा जम्मा भइ संघले ब्यबस्थापन गरि राम ब ल्हेगे तमु , सह कोषाध्यक्ष तथा अन्य सदस्य हरुको सक्रियतामा तयार गरिएको मिष्ठान भोजन ग्रहाण पछि प्रथम र दृतिया स्थान हासिल गर्न सफल खेलाडी हरुलाई क्रमशःसंरक्षक युद्द जङ पह्च्यु तमु र प्रमुख सल्लाहकार अमर ल्हेगे तमुहरु संयुक्त हस्तबहाली बाट क्रेगी लगाई दिनु भयो भने कर्मभुमी कतारमा पुनः आउनु भएको संस्थापक प्रमुख सल्लाहकार चन्द्र प्रकाश ल्हेगे तमुले टीका लगाई बधाई तथा शुभकामना दिनु भएको थियो, का.बा. अध्यक्ष संग्राम पह्च्यु तमु बाट संस्थागत प्रमाणपत्र र नगद पुरुस्कार प्रदान गरिएको थियो ।साथै खि ल्होसार बिशेष कार्यक्रममा सम्मान गर्न छुटेका कलाकार एवं सहयोगी दाता सदस्य हरु लाई पनि का.बा. अध्यक्ष द्वारा सम्मान पत्र प्रदान गरिएको थियो।

qt5

सम्पुर्ण सदस्यहरुको बाक्लो उपस्थिति रहेको सो भेलामा संघको अन्तरिक विषय बस्तु माथी केन्द्रित रहि गम्बिर छलफल एवं अन्तरक्रिया भएको थियो ।आगमी दिनहरुको भाबि योजना माथी साथै संघको मुल समिती भित्र रहेको कार्यसमिति ब्यबस्थापन बारे छलफल भएको थियो।

qt7

अन्तमा कार्यक्रम सभ्य र भब्य रुपमा सफल पार्नको निम्ति उपस्तिथ सम्पुर्ण सदस्य एवं प्रतियोगीतामा भाग लिनु हुने खेलाडी हरु तथा ब्यब्स्थापन मा खटिनुहुने सबैलाई एकमुष्ट हार्दिक धन्यवाद आभार प्रकट गर्दै आगमी दिनहरुमा पनि साथ र सहयोगको ठुलो अपेक्षा सहित काबा अध्यक्ष संग्राम पह्च्यु तमु ले कार्यक्रम समापन भएको घोषणा गर्नु भयो।

qt8

qt9


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 3.00)
Loading...