तमु प्ये ल्हु संघ कतारले ३ खेगी चिबाहरुको साथमा खि ल्होसार कार्यक्रम भब्य रुपमा सम्पन्न |

मूलबासि /भूमिपुत्र    विदेश

तमु प्ये ल्हु संघ कतारले ३ खेगी चिबाहरुको साथमा खि ल्होसार कार्यक्रम भब्य रुपमा सम्पन्न |

जनवरी १० चन्द्र ल्हेगे तमु दोहा :- तमु प्ये ल्हु संघ कतारले बिगतका बर्षहरु झैँ यस बर्ष पनि तमु जातिको महान चाड एबं राष्ट्रिय पर्व ल्होसार लाई “खी-ल्होसार बिशेष कार्यक्रम-२०१८ “को रुपमा दोहा कतारको सनैयाँ स्थित एम आर ए रेस्टुरेन्ट प्लाजाको सभा पार्टी हलमा गत २०१८ जनवरी ०५ शुक्रबारको दिन सभ्य र भब्य रुपले सौभाद्रपुर्ण बाताबरणमा तमुहरुको आस्थाको प्रतीक पबित्र क्वोईबों धिंको प्रतिमा मा दिप प्रज्वलन गरि संघको ब्यानर अनावरण गरि अध्यक्ष श्री शेर बहादुर प्हच्यु तमु ज्यु (शान) को सभापतित्वमा साथै नेपाली राजदुताबास कतारका तृतीय सचिब श्री गायत्री बहादुर पौडेल ज्युको प्रमुख आतिथ्य एवं नेपाल बाट आमन्त्रित् तमु प्ये ल्हु संघ केन्द्रीय बोन्पो लम् समितिका अध्यक्ष एबं धर्म गुरु चिबा श्री गंगा बहादुर तमु ज्युको बिशेष उपस्थितिमा सु सम्पन्न भएको छ ।

tplqa

प्ये म्हस्याँ छ्या म्हमु , छ्या म्हस्याँ ल्हु म्हमु , ल्हु मस्याँ म्हि म्हमु अर्थात् “शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए, संस्कृति हराउछ, संस्कृति हराए मान्छे अर्थात् जाती को अस्तित्व नै हराउछ” भन्ने मुलभुत नारालाई अत्मासात गर्दै तमुहरुको महान चाड खि ल्होसारको अबसार पारि संघले दोहामा यो चौथो पटक आयोजित कार्यक्रममा कतारमा तिन वटै तमुको पुरोहितहरु पच्यु,क्ल्हेप्री र बोन्पो लम् लाई एकै ठाउमा राख्न सफल भएका थियौ |

shan1 सम्मानित खी ल्होसार बिसेष कार्यक्रमका प्रमुख आतिथि राजदुताबास कतारका दित्तिय सचिब श्री गायत्री बहादुर पौडेल ज्यु लाई तमुजातिको संस्कार र संस्कृति अनुसार संघमा प्रमुख सल्हाकार , सभापति र खेगी चिबाहरुले सयुक्त रुपमा आसिमालाँ एबं शुभ असिस दिदै फेटा र भंग्रा ( रेंगा) लगाई स्वागत सम्मान गरिएको थियो |

shan2

तमु जातीको आफ्नो मौलिक संस्कार , संस्कृतिक , परम्परा ,भाषा , भेषभुषा आदिको संरक्षण सम्बर्धन तथा पर्बद्धन गर्दै जातिय पहिचानलाई अस्तित्ववान बनाउन का साथै देशको प्रतिष्ठालाई विश्व सामु अझ उच्च बनाउन हरतरह प्रयास गर्ने अभिप्रयले बैदेशिक रोजगारको शिलसिलामा कतार आई विभिन्न क्षेत्रमा कार्यरत तमु (गुरुङ)हरुको सहभागिता र सकृयतामा सम्पन्न उक्त कार्यक्रममा कतारमा स्थापित विभिन्न सामाजिक ,बैचारिक ,जातिया , जिल्लागत एवं समाजसेवी, बुद्धिजिबी शुभ चिन्तक ,पत्रकार ज्युहरुको बिशेष अतिथि ,अतिथि र तमु गैर तमु तमुस्योहरुको बाक्लो उपस्थितिमा कार्यक्रम सफलता पुर्बक सम्पन्न गरिएको थियो |

shan4

कार्यक्रममा नेपाल बाट पाल्नु भएका बिशेष अतिथि श्री गंगा बहादुर गुरुङले , तमु प्ये ल्हु संघ र तमु मौलिक प्ये ताँ ल्हु ताँ एवं बोन्पो लम सम्बन्धी आफ्नो अबधारणा कार्यपत्र प्रस्तुत गर्नु भएको थियो भने संघका क्ल्हप्री चिबा श्री नवीन टु क्ल्ह्प्री तमु ज्यु र पच्यु चिबा श्री अशोक सरब्जा तमु ज्युले शास्त्रीय विधि अनुसार अत्यन्तै मिठास पुर्ण स्वरमा आशिमालँ प्ये बाचन गर्दै कार्यक्रममा उपस्थित सम्पुर्ण लाई एकमुष्ठ रुपमा ल्होसारको शुभ असिस दिदै तमु प्ये ल्हु संघ कतारको सदा उत्तरोत्तर प्रगति कामना समेत गरेका थिए ।

shan6

उक्त कार्यक्रम संमयोजक श्री संग्राम प्हच्यु तमु ले आफ्नो जिम्मेवारी पुर्ण रुपमा निभाउनु को साथै कार्यक्रम सफल बनाउन को निम्ति सहयोग गर्नु हुने सम्पुर्ण लाई हार्दिक धन्यवाद प्रकट गर्दै सहयोगी मनहरुको प्रंशाम्सा र आगामी दिनहरुमा सोही साथ र सहयोगको अपेक्षा गरेका थिए त्येस्तै गरि कार्यक्रममा उपस्थित सम्पुर्ण लाई सम्बोधन साथ स्वागत एंब संम्मान व्यक्त गर्दै संघका कोषध्यक्ष श्री रबिन्द्र तमुले छोटो मीठो स्वागत मन्तव्य प्रस्तुत गरिएको थियोे। तमुहरुको ल्होसार संग सम्बन्धित र संघको विषय बस्तु माथी प्रकाश पार्दै प्रमुख सल्लाहकार श्री अ्मर ल्हेगे तमु ले ल्होसार र तमुहरुको वास्तविकता माथी जिकिर गरेका थिए ।

shan8

त्यस्तै गरि कार्यक्रममा उपस्थित अतिथीहरुमा समग्र रुपमा जिल्लागत संस्थाको प्रतिनिधित्व गर्दै लम्जुङ्ग सेवा समाज कतारका अध्यक्ष बिष्णु लाल श्रेष्ठले आफ्नो शुभकामना मन्तव्य राखेका थियो भने जातिया संस्थाको तर्फ बाट तमु समाज कतारका अध्यक्ष रस गुरुङ्गको रहेको थियो । बिशेष अतिथिहरुमा नेपाल प्रबासी जनजाती महासंघ कतारका महासचिब शिव भुजेल,गैर आबसिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष नवीन पोख्रेल त्यस्तै गरि NRNA ICC सदस्य बिमल सुवेदी र भर्खरै सम्पन्न एनआरएनए आईसीसी Honorary Council सदस्यको रुपमा कतार बाट चयन हुनु भएका बिल ब गुरुङ्ग हरु बाट क्रमशः तमु एकता र मौलिताको बारेमा जोड दिदै आगमी दिनहरुमा पनि यसरी नै सफल रहोस भनि ल्होसारको शुभकामना मन्तव्य राख्नु भएको थियोे ।

shan10 प्रमुख अतिथिको रुपमा नेपाली दुताबास कतारका त्रितिया सचिब गयात्री बहादुर पौडेल ज्युले पनि आफ्नो मन्तव्यको क्रममा समग्र नेपालीहरुको प्रतिनिधि गर्दै तमु राष्ट्रिय पर्व ल्होसारको शुभकामना दिनुहुदै कार्यक्रम सभ्य र भब्य रुपम सफल सहोस भनि कामना सहित आफ्नो जातीय मौलिक पहिचानको निम्ति यो प्रबाश भुमिमा पनि एक रुप भइ गरेको यस कार्य प्रति खुलेर प्रशंसा गर्नु भएको थियो l तमु जातिको त्रिमुती पुरोहित धर्म गुरुहरु पच्यु गुरु अशोक सरब्जा तमु,क्ल्हेप्री गुरु नबिन टु क्ल्हेप्री तमुनेपाल बाट आमन्त्रित पुन चिबा गुरु गंगा बहादुर तमु हरु मार्फत संयुक्त रुपमा ल्हो बिदाई र ल्हो स्वगत् स्वरूप बर्ग आउने र जाने हरुलाई सुभ आशिस संगै रुपा (पैरु )ग्रहण गराई स्याई स्याई गर्नु भइ आशिमला दिनु भएको थियो  |

shan12

अन्तमा औपचारिक कार्यक्रमको अन्तिम चरणमा तमु (गुरुङ) समाज कतारले छोटो समयको अनुरोध लिदै समाजका महिला बिभाग द्वारा संघका अध्यक्ष श्री सान प्हच्यु तमु ज्यु लाई ल्होसारको विभिन्न परिकार कोसेलीहरु हस्तान्तरण गर्दै सोही समारोह बिच नेपाल बाट आमन्त्रित खेगी चिबा बोन्पो लम लाई समेत संम्मान गरिएको थियो ।औपचारिक कार्यक्रमका संचालकको भुमिका सचिब श्री चन्द्र ल्हेगे तमु र सहकर्मी को रुपमा संघका प्रचार प्रसार सह संयोजक सुश्री इशा प्हच्यु तमुस्योले गर्नु भएको थियो ।

shan14 बिशेष अतिथिमा एनआरएनए आईसीसी Honorary Council सदास्य, बिल गुरुङ ,एनआरएनए आईसीसी सदस्य,बिमल सुबेदी ,गैर आबासिय नेपालि संघ,राष्ट्रिय समन्वय परिषद –अध्यक्ष नबिन पोख्रेल , बुदबल गुरुङ सामाजिक कार्यकर्ता प्रबासी जनजाती महासंघ कतार महासचिब शिब भुजेल ,नेपाल पत्रकार महासंघ कतार अध्यक्ष गणेश प्रसाद बन्जाडे आशा ब. गुरुङ – प्रदेश न.४ ,गैर आबासिय नेपालि संघ,राष्ट्रिय समन्वय परिषद-प्रमुख सल्हाकार श्री बिनेश कुमार तामांङ रहेका थिए भने अतिथिको रुपमा जातीय,जिल्लागत बैचारिक सस्थाहरुमा -तमु (गुरुङ )समाज कतारका अध्यक्ष रस गुरुङ - नेपाल मगर संघ, शाखा अध्यक्ष शेर बहादुर रोका मगर -किराँत याक्थुम चुम्लुङ्ग, महासचिब सागर लिम्बु - किराँत राई यायोख्खा, शाखा कतारका अध्यक्ष एक राज राई- नेपाल प्रवासी तामाङ्ग सेवा समाज कतार प्र.उपाध्यक्ष तेज मोक्तान तामांग - थारु कल्याणकारी सभा, च्याप्टर कतार दितीय उपाध्यक्ष श्यामलाल चौधरी - सुनुवार सेवा समाज, महासचिम निर बहादुर सुनुवार - ठकुरी सहयोग संजाल कतार ब.उपा. सुमन चन्द - खस क्षत्री सेवा समाज, कतार अध्यक्ष खगेन्द्र कार्की - दलित एकता सञ्जाल नेपाल कोशाष्यक्ष सुनिल परियार साथै जिल्लागत सस्थाहरुमा धनकुटा सेवा समाज, कास्की आदर्श सेवा समाज- मोरङ सुनसरी सेवा समाज, चितवन सेवा समाज, , अर्घाखाँची सेवा समाज, म्याग्दी सेवा समाज, दाङदेउखुरी सेवा समाज, खोटाङ सेवा समाज ,गुल्मी सेवा समाज,तनहुँ सेवा समाज,गोरखा सेवा समाज, ,लम्जुंग सेवा समाज,समाज सेवी अभियान रुपन्देही कतार त्यसै गरि नेपाल एकता समाज, कतार संघिय समाजवादी फोरम , कतार संघिय लिम्बूवान पार्टि, नेपाली जनसम्पर्क समिति, कतार प्रवासी नेपाली मञ्च, कतार,मंगोल नेशनल अर्गानाईजेसन प्रबास साखा कतार अन्तरास्ट्रिय नेपालि साहित्य समाज,नबोदित साहित्यिक बाचन पुस्ताकालय कतार ,दिल कुमार श्रेष्ठ (अन्तर्राष्ट्रिय राजधानी साप्ताहिक कतार तथा अन लाइन न्युज ) प्रतिनिधित्व गर्नु हुदै उपस्थित जनाउनु भएको थियो |

shan22

shan 15

कार्यक्रममा नास्ताको लागि सेलरोटी(कुली क्हे) अचारको लागि सारा लेम तमुस्यो.तारा तमुस्यो तथा अन्य सहयोगी चेलीबेटीहरु मार्फत तयार गरिएको थियो भने अतिथि सत्कारको लागि नेपाल देखि सयपत्री फुलको माला र अतिथि ब्याज प्रायोजक गरि उपलब्धमा सहयोग सबिता लेम तमुस्यो र तेज तमु ले गर्नु भएको थियो | कार्यक्रम सफलको लागि यातायात सम्योजकको जिम्मा भेषमान तमुले गर्नु भएको थियो भने सहयोगीहरु राज कुमार समाल ,सन्त फेवाली पह्च्यु तमु ,ईच्छे पह्च्यु तमु ,केशु ल्हेगे तमु,रेखमान तमु,रबिन्द्र प्ल्हेमे तमु तथा अन्य साथीहरुले समेत साथ दिएको थियो र अन्य व्यबस्थापकहरुमा खान पिन ब्यबस्थापन संयोजक/सहसंयोजक –श्री राम ब.ल्हेगे तमु /श्री क्षेत्र थिम्छे तमु ,स्वयम् सेवक संयोजक/सहसंयोजक –श्री आउता पह्च्यु तमु / श्री कृष्ण क्होला तमु आर्थिक संयोजक/सहसंयोजक –श्री केशु ल्हेगे तमु /श्री शान्त फेवाली पह्च्यु तमु हरुले जिम्मा लिएका हो |

shan20

त्यस पश्चात साँस्कृतिक बिभाग लाई स्टेज सुम्पिएर संस्कृति टोली द्वारा विभिन्न मनोरञ्जनात्मक नृत्य,गायन कार्यक्रमहरु समेत प्रस्तुत गर्दै दर्शक हरुलाई भरपुर मनोरञ्जन दिलाउन सफल भएको थियो भने संस्कृतिक कार्यक्रम संचालन फलेन्द्र तमु र सुश्री सोनीका तमुस्योले संचालन गर्नु भएको थियो उपस्तिथ दर्सकहरुको मन लाई नचाउन सक्षम जुन सालैजो, कौड, मारुनी अन्य थुप्रै नृत्य गायन हरु प्रस्तुत गरि दर्शक हरुको मन जित्न सफल बनाएको थिए |

उल्लासमय बाताबरणमा कुपन पधत्ति द्वारा भोजन गराइ अन्तमा संघका अध्यक्ष श्री शेर बहादुर पहच्यु तमु ज्युले उपस्थित रहनु हुने जनमानसलाई हार्दिक धन्यवाद आभार ब्यक्त गर्दै कार्यक्रमलाई भब्य र सब्य रुपमा सफल बनाउनको निम्ति अतुलनीय भुमिका निर्बाह गर्नु हुने सम्पुर्ण सदस्य पदाधिकारी हरुलाई एकमुष्ठ हार्दिक धन्यवाद एबं आभर व्यक्त गर्नुहुदै कार्यक्रमलाई बिधिपुर्बक कार्यक्रमको समापन गर्नु भयो |


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...