भुजुङ युम्पो तमु समाजलाई रोग प्रतिरक्षा शक्ति बढाउने औषधि वितरण ।

समाज

भुजुङ युम्पो तमु समाजलाई रोग प्रतिरक्षा शक्ति बढाउने औषधि वितरण ।
जुलाई ५ पोखरा :-रोग प्रतिरक्षा शक्ति बढाउने Arc. Album 30c होमियोप्याथिक औषधी भुजुङ युम्पो तमु समाजलाई वितरण गरेको छ ।तमु प्ये ल्हु संघ केन्द्रको समन्वयमा अल नेपाल होमियोप्याथिक गण्डकी प्रदेश र किरण होमियो फार्मेसी रामबजारको व्यवस्थापन तथा मिलन फाउण्डेशन नेपाल र गुरुङ चलचित्र ङ्हेल्स्यो सैनाको युनिटको सहकार्यमा उक्त औषधी वितरण गरेको हो ।वितरण गरिएको एक फेमिली प्याकेज बराबर ५ जना परिवारलाई पुग्ने सो औषधीको कुनै साइड इफेक्ट नभएको र दुई वर्ष भन्दा मुनिका बालबालिका , गर्भ अवस्था भएको महिला र अशक्त विरामी बाहेक अन्यले निर्धक्क रुपमा सेवन गर्न सक्ने अल नेपाल होमियोप्याथिक, गण्डकी प्रदेश समितिका अध्यक्ष डा.बिष्णु प्रसाद चापागाईंले जानकारी गराएको छ। भुजुङ समाजका पूर्व सचिब टेक बहादुर चोर्मी तमुले भुजुङ युम्पो तमु समाज र तमु प्ये ल्हु संघ बीच छुट्टै गहिरो सम्बन्ध रहेको र तमु प्ये ल्हु संघले आयोजना गर्ने हरेक ल्होसार कार्यक्रममा समाज सहभागी भइरहेको बताउदै तमु प्ये ल्हु संघको ल्होसारमा आयोजित सामुहिक नृत्य प्रतियोगितामा आफ्नो समाज पनि सहभागि भइ तिन पटक प्रथम भएको जानाकारी गराएको छ।कार्यक्रममा तमु प्ये ल्हु संघ केन्द्रीय अध्यक्ष हितकाजी टु क्ल्हेप्री तमुले भुजुङमा मौलिकता बोकेको घर, भाषा, धर्म र संस्कार र संस्कृति छ जसले हाम्रो मौलिकता बचाउछ भन्दै त्यसैले यसलाई बचाउन भुजुङेलाई आग्रह गरेका थिए । क्याम्ब्रीज विश्व विद्यालयको सहयोगमा तमु प्ये ल्हु संघले गर्न लागेको क्होला सोथर उत्खनन को बेला संघले भुजुङ युम्पो तमु समाज लाई पनि प्रतिनीधीको रुपमा लैजाने भन्दै त्यसको लागि आफ्नो संस्था बाट प्रतिनिधीको रुपमा जान र सहयोग गर्न तमु प्ये ल्हु संघ केन्द्रीय महासचिव हर्क योज तमुले अनुरोध गरेका थिए ।भुजुङ युम्पो तमु समाजका अध्यक्ष ई. रामचन्द्र तमुले आफ्नो संस्थाका सदस्यहरुलाई रोगबाट बचावटको लागि रोग प्रतिरक्षा शक्ति बढाउने Arc. Album 30c होमियोप्याथिक औषधी वितरण गरि तमु प्ये ल्हु संघ र सहयोगि संस्थाहरुले यो पुण्य कार्य गरेकोमा आभार एवं धन्यवाद ब्यक्त गर्दै प्ये ल्हु संघको योजनामा भुजुङ युम्पो तमु समाज पनि आवश्यक सहकार्य गर्ने प्रतिबद्धता जनाएको छ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...