तमु(गुरुङ) समाज कतारद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण ।

समाज

तमु(गुरुङ) समाज कतारद्वारा मृगौला पिडितलाई आर्थिक सहयोग हस्तान्तरण ।
डिसेम्बर ४ खुसीमान गुरुङ कतार :- तमु (गुरुङ) समाज कतारले बिगत देखिने धेरै मानबिय कार्य गर्दै आइरहेको छ । त्यस्तै गरेर अहिले भर्खरै कास्की मादी गाउपालिका - ७, थाक हाल: पोखरा निबासी मृगौला पिडित मनिषा गुरुङलाइ सिघ्र स्वास्थ लाभको कामना गर्दै आर्थिक सहयोग हस्तान्तरण गरिएको छ । सस्थाले बिगत देखि गर्दै आइरहेको मानबिय कार्य मध्ये यो पनि एक उदाहरण हो । उक्त सहयोग रकम तमु (गुरुङ) समाज, कतारका प्रतिनिधिहरु पूर्व अध्यक्ष श्री बिमल गुरुङ, पूर्व कोषाध्यक्ष पम बहादुर गुरुङ र पूर्व सह-सचिब पदम गुरुङ, सामाजिक अभियान्त द्वय लक्ष्मी गुरुङ र मनु गुरुङको पनि विशेष उपस्थितमा मनिषा बचाउ अभियानका कोषाध्यक्ष रोबिन गुरुङ ज्युलाई उक्त सहयोग रकम नेपाली रुपैयाँ १०३,१००/- (अक्षरुपी एक लाख तीन हजार एक सय मात्रै) हस्तान्तरण गरिएको छ । यो मानबिय कार्यमा सहयोग गर्नु भएका सम्पूर्ण सहयोगि मनका धनि तमाम तमु तथा गैर तमु दाजुभाई दिदि बहिनिहरु र आर्थिक रकम संकलनमा बिसेष समय दिनु हुने तमु (गुरुङ) समाज कतारका कोषाध्यक्ष बुद्ध गुरुङ, सल्लहाकार बिष्णु गुरुङ, सदस्य उदय गुरुङलाइ विशेष धन्यवाद ब्यक्त गर्दछौ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...