सामुदायिक खोप केन्द्रलाई समाजसेवी दुर्गा गुरुङको १ लाख बढी आर्थिक सहयोग ।

समाज

सामुदायिक खोप केन्द्रलाई समाजसेवी दुर्गा गुरुङको १ लाख बढी आर्थिक सहयोग ।
जुन २५ पोखरा:-पर्वतको मोदी गाउँपालिका–५, बाजुङ, बाउसेस्थित निर्माणाधीन सामुदायिक खोप केन्द्रका लागि हङकङ निवासी समाजसेवी दुर्गा गुरुङ “मिलन”ले १ लाख रुपैयाँ भन्दा बढी आर्थिक सहयोग गरेको छ । समाजसेवी गुरुङले सहयोग गरेको १ लाख १ हजार २ सय रुपैयाँ आर्थिक सहयोग बिहीबार एक कार्यक्रमका बीच केन्द्रको उपभोक्ता निर्माण समिति लाई हस्तान्तरण गरेको छ । मिलन फाउण्डेशन नेपाल मार्फत् गरिएको उक्त सहयोग रकम नेपाल कम्युनिष्ट पार्टी (नेकपा), पर्वतका जिल्ला सदस्य मनबहादुर पौडेल र बाजुङ–पोखरा सम्पर्क समितिका उपाध्यक्ष जयबहादुर सुवेदीले संयुक्त रुपमा निर्माण समितिलाई हस्तान्तरण गरेको गरेको छ । आर्थिक सहयोगका लागि मिलन फाउण्डेशन नेपालका सचिव मदन गुरुङले सहजीकरण गरेका थिए भने उक्त आर्थिक सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै नेकपाका पर्वत जिल्ला सदस्य पौडेलले समाजले सच्चा दाताको पहिचान गर्न सक्नुपर्ने बताउँदै समाजसेवी गुरुङले निःस्वार्थ भावले आफ्नो गाउँ ठाउँलाई सहयोग गर्दै आएको बताएका थिए । समाजसेवी गुरुङको निःस्वार्थ समाजसेवाको समाजले सही मूल्याङ्कन गर्नुपर्ने भन्दै पौडेलले मनकारी समाजसेवीको उचित सम्मान गर्नुपर्ने आवश्यकता औंल्याएका छ्न। मोदी गाउँपालिका वडा नं. ५ का वडा सदस्य इन्द्रप्रसाद उपाध्यायले समाजसेवी गुरुङ र गुरुङको परिवारप्रति सहयोगका लागि धन्यवाद दिँदै निःस्वार्थ सामाजिक कार्यमा लाग्नेको कमी भएको बेलामा गुरुङको सहयोग अमूल्य रहेको उल्लेख गरेका थिए । निर्माण समितिका सचिव धर्मदत्त शर्माले दाताको दानलाई पारदर्शी रुपमा खर्च गर्दै समितिका तर्फदेखि मिलन फाउण्डेशन नेपालका संरक्षक समेत रहेका समाजसेवी गुरुङ र अध्यक्ष गंगाकुमारी गुरुङप्रति कृतज्ञता प्रकट गरेका छ्न। कोभिड–१९ को महामारीका कारणले सामाजिक दूरी कायम राख्दै सेवा क्षेत्रका प्रतिनिधिमूलक रुपमा सहभागी रहेको उक्त सहयोग हस्तान्तरण कार्यक्रम सामुदायिक खोप केन्द्र निर्माण उपभोक्ता समितिका अध्यक्ष कृष्णप्रसाद अधिकारीको अध्यक्षता र खोप केन्द्र निर्माण उपभोक्ता समितिका सल्लाहकार तथा अनुगमन समितिका सदस्य लक्ष्मण शर्माको सञ्चालनमा सम्पन्न भएको थियो । समाजसेवी गुरुङले मिलन फाउण्डेशन नेपालमार्फत् आफ्नो गृहजिल्ला पर्वतसहित पाल्पा, कास्की, लमजुङ, चितवन लगायतका जिल्लाहरूमा सामाजिक कार्यमा विशुद्ध आफ्नो कमाइबाट सहयोग गर्दै आएका छन।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...