मृगौला पीडित डिलमायालाइ ४ /४ जिआर भु.पु. सैनिक परिवारको सहयोग ।

समाज

मृगौला पीडित डिलमायालाइ ४ /४  जिआर भु.पु. सैनिक परिवारको सहयोग ।
मे ९ पोखरा फिस्टेल न्युज सम्बाददाता :-साबिक भोक्सिङ देउराली गाबिस हाल महाशिला गाउपालीका, -२, पुर्खौली घर भै हाल पोखरा १४ भेडिफारम, बस्नुहुने सुबेदार लालबहादुर गुरुङका ४२ बर्षिय धर्मपत्नी डिलमायाको उपचरार्थ 4/4 GR ( मण्डले बटालियन ) ले बिहिवार सहयोग रकम हस्तान्तरण गरेको छ । सु. लालबहादुर गुरुङका धर्मपत्नी डिलमाया गुरुङको दुबै मृगौलाले काम गर्न छाडेकाले हाल राष्ट्रिय अङ्ग प्रत्यारोपण केन्द्र भक्तपुरमा,१८ महिनादेखि डायलसिस,गरिदै आएको परिवार स्रोतले जनाएको छ । 4/4 GR भुपु सैनिक संघ पोखराको पहलमा संघमा आबद्ध सम्पुर्ण भुपुहरु ,मण्डले बटालियन लगायतका मनकारी महानुभाबहरुको सहयोगमा सङ्कलित रकम उहाँकै निवासमा पुगि 4/4 GR परिवारले हस्तान्तरण गरेको हो । मण्डले परिवारका अध्यक्ष क्या। बुद्दिमान गुरुङ,सचिब सु। मे. लिलबहादुर गुरुङ,कोषाध्यक्ष क्या. दिलबहादुर थापा र 4/4 GR परिवार पोखराका सदस्यहरुको उपस्थितिमा परिवारद्वारा संकलित ५ लाख,१५ हजार दुई सय ७० रुपैयाँ पीडित परिवारलाई हस्तान्तरण गरिएको हो ।सस्थाको सामाजिक संजालबाट गरिएको अह्वानमा आजसम्म सन्कलित रकम हस्तान्तरण गरिएको र अझै थप रकम आउनेक्रम जारी रहेको सु। डिलबहादुर गुरुङले बताउनु भयो । दुई साल अगाडि स्थापित 4/4जिआरले इ र यस्तै समस्यामा परेका परिवारलाई सहयोग गर्ने उदेश्य रहेको जनाएको छ भने रकम हस्तान्तरण कार्यक्रममा उपस्थित सस्थाका सदस्यहरुले पीडित डिलमाया गुरुङको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै सहयोग दाताहरुलाइ धन्यवाद समेत प्रकट गरेकाथिए ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...