नेशनल लाइफ इन्स्योरेन्सले मृतक दंगाल परिवारलाई मृत्यदावी वापत रु एक करोड ३ लाख प्रदान ।

समाज

नेशनल लाइफ इन्स्योरेन्सले मृतक दंगाल परिवारलाई मृत्यदावी वापत रु एक करोड ३ लाख प्रदान ।
जनवरी १४ बिर्तामोड :–नेशनल लाइफ इन्स्योरेन्स कम्पनीले झापाको बुद्धशान्ति गाउँपालिका वडा नं ३ का मृतक इन्द्रप्रसाद दंगालको परिवारलाई राहत वापत कम्पनीले मृत्यदावी भुत्तानी बितरण गरेको छ । कम्पनीको बिर्तामोड शाखाले मंगलबार बिर्तामोडमा एक कार्यक्रमबीच मृतक दंगालका पत्नि सुस्मिता थपलियालाई रु एक करोड ३ लाख १५ हजार उपलब्ध गराएको हो । कम्पनीका १ नम्बर प्रदेश इञ्चार्ज नरेन्द्र कुमार राई र उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष कुमार भट्राईले मृतकका पत्नि सुस्मिता थपलियालाई राहत वापत सो रुपैयाको चेक हस्तान्तरण गरेका छन् । मृतक दंगालले ६ महिना अघि मात्र कम्पनीको बिर्तामोड शाखाबाट रु ५० लाखको जीवन बीमा गरेका थिए । उनले कम्पनीमा १६ बर्षे जीवन अमृत बर्षा बीमा गरेका थिए । पहिलो किस्ता भुत्तानी गरेका दंगालको गत कार्तिक ४ गते सवारी दुर्धट्नमा परेर निधन भएको थियो । काम बिशेषले शिबसताक्षी नगरपालिकाको दुधेमा आएको समयमा दंगाललाई सवारी साधनको ठक्करको कारण उपचारको क्रममा निधन भएको कार्यक्रममा जनाइयो । मृत्युदावी भुक्तानी कार्यक्रमको अध्यक्षता बिर्तामोड शाखा प्रमुख कमल बुडाथोकीले गरेका थिए । सो अवसरमा कम्पनीका प्रदेश १ का इन्चार्ज राइले नेपाली समाजमा जीवन बीमा आवश्यक्ता भएर पनि बाध्यताबीच भइरहेको कथन गरे । उनले नेपालमा जीवन बीमाको ५० बर्ष यात्रामा पछिल्लो समय क्रमशः बीमा सम्बन्धी मान्छेमा जनचेतना अभिबृद्धि हुदै गइरहेको बताए । बेलायतबाट सुरु भएको जीवन बीमाको इतिहास नेपाली समाजमा क्रमशः तीब्र गतिमा विकास भइरहेकोमा खुशी प्रकट गरे । प्रदेश १ का इन्चार्ज राइले जीवन बीमाको इतिहास र योगदानमा नेपालका धरै जीवन बीमा कम्पनीहरु स्थापना भएको र त्यसबीचमा पनि नेशनल लाइफ इन्स्योरेन्स कम्पनीको ३२ बर्षको अनुभव र योगदान रहेको बताए । उद्योग वाणिज्य संघ बिर्तामोडका अध्यक्ष एबम् कार्यक्रमका प्रमुख अतिथि कुमार भट्टराईले जीवन बीमा कम्पनीप्रति सर्वसाधरणको दृष्टिकोण नकारात्मक हुदाँहुदैपनि यस्ता खाले कार्यक्रमले सर्वसाधरणहरुलाई सकारात्मक पार्न सकिने बताए । कार्यक्रममा कम्पनीका दमक शाखा प्रमुख सुमन कुमार राई, धरान शाखा प्रमुख हरिप्रसाद खतिवडा र उर्लाबारी शाखा प्रमुख मोहन कडेल, नेपाल पत्रकार महासंघ झापा शाखाका उपाध्यक्ष एकराज गिरी, पत्रकार मञ्च दमकका अध्यक्ष मनकुमार गदाल, कम्पनीका एजेन्सी म्यानेजर नारायणप्रसाद खरेल, युवराज दंगाल लगायतको उपस्थिति रहेको थियो ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...