काठमाडौँबाट पोखरा जान्दै गरेको बस त्रिशुलीमा खस्दा ७ जनाको मृत्यु १७ जना घाइते |

अन्य

काठमाडौँबाट पोखरा जान्दै गरेको बस त्रिशुलीमा खस्दा ७ जनाको मृत्यु १७ जना घाइते |
श्रावन ११ धादिङ :-काठमाडौँबाट पोखरा जाँदै गरेको बस त्रिशूली नदीमा खस्दा ७ जनाकाे मृत्यु भएकाे छ । बस दुर्घटनामा १७ जना घाइते भएका छन् । घाइतेकाे उपचार भरतपुर मेडिकल कलेज र गजुरीमा उपचार भइरहेकाे छ । चितवनको इच्छाकामना गाउँपालिका–३ तुम्लिङटारमा ना ६ख २५०६ नं को बस विपरित दिशाबाट आउँदै गरेको ना ५ ख ७४०९ नं को ट्रकसँग ठोक्किएपछि बस त्रिशूली नदीमा खसेको थियो । मृतकमध्य पाल्पा बेगनास कालिका गाँउपालिका बस्ने ३२ बर्षिय अर्जुन न्यौपाने, तनहुँ भानु नगरपालिका ५ का २७ बर्षिय सुमित श्रेष्ठ, तनहु भन्सारकी २७ बर्षिय कमला श्रेष्ठ, काठमाण्डौका ३० बर्षिय रबिन गुरुङ र तनहुं केशवटारका ४० बर्षिय बाबुराम तिवारीको शनाखत भएको छ । बालक र एक महिलाको शनाखत हुन बाँकी छ । घाइते मध्य ७ जनाको पुरानो मेडिकल कलेज भरतपुर,४ जनाको मनकामना अस्पताल भरतपुर, ५ जनाको पोखरा र १ जनाको मलेखुमा उपचार भैरहेको चितवनका प्रहरी प्रमुख शुशिलसिंह राठौरले जानकारी दिनुभयो । घाइते मध्य ६ जनाको अबस्था गम्भिर छ भने अन्यको सामान्य छ । ठक्कर दिने ट्रक चालकलाई जोगीमारा प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ । बस सडकबाट एकसय मिटर तल त्रिशुलीमा खसेको हो । घटनालगत्तै चितवनको कुरिनटारमा रहेको सशस्त्र प्रहरी बलको विपद् व्यवस्थापन तालिम केन्द्रका सशस्त्र प्रहरी, नेपाल प्रहरी उद्दारमा खटिएका थिए ।

मृतकहरुः-

१. जिल्ला पाल्पा बेगनास कालिका गा.पा. बस्ने बर्ष ३२ को अर्जुन न्यौपाने ( मृतक) २. हाल नाम थर वतन नखुलेको अं.बर्ष २/३ को बालक ( मृतक) ३.हाल नाम थर वतन नखुलेको अं.बर्ष १८/१९ की महिला (मृतक) ४.जि.तनहुँ भानु न.पा.५ बस्ने बर्ष २७ को सुमित श्रेष्ठ (मृतक) ५. जिल्ला तनहु भन्सार बस्ने अं. बर्ष २७ की कमला श्रेष्ठ (मृतक) ६. जिल्ला काठमाण्डौ बस्ने बर्ष ३० को रबिन गुरुङ (मृतक) ७. जिल्ला तनहुं केशवटार बस्ने बर्ष ४० को बाबुराम तिवारी, (मृतक)


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...