लिमासुल साइप्रसमा तमु च्यु ल्होसार भब्य रुपले मनाउने तयारीमा ।

विदेश

लिमासुल साइप्रसमा तमु च्यु ल्होसार भब्य रुपले मनाउने तयारीमा ।
नोभेम्बर १४ फिस्टेल न्यूज :- “प्ये म्हस्याँ छ्या म्हमु, छ्या म्हस्याँ ल्हु म्हमु, ल्हु म्हस्याँ म्ही म्हमु - शास्त्र हराए संस्कार हराउछ, संस्कार हराए संस्कृति हराउछ, संस्कृति हराए मान्छे नै हराउछ" बिदेशमा भएर पनि तमु जातिको आफ्नो मौलिक भेष-भुषा, भाषा, संस्कार, संस्कृति, पहिचान एबं तमु प्ये ताँ ल्हु ताँको संरक्षण, सम्बर्द्धन र प्रबर्धन बिकास  कार्यमा समर्पित रहेर तमु एकतालाई ध्यानमा राखेर २०१७ सालमा स्थापित तमु समाज साईप्रसले तमु समुदायको पहिचान तथा मौलिकता बोकेको राष्ट्रिय चाड च्यु ल्होसार स्थानीय कलाकारहरुको साथमा गुरुङहरुको पहिचान मुलक संस्कार संस्कृति झल्काउने विविध सांस्कृतिक तथा मनोरञ्जनात्मक प्रस्तुतिहरु सहित स्योके खाने कार्यक्रम भब्य रुपले मनाउने तयारी गरिरहेको छ । जनवरी ५ तारिक २०२० शुक्रबार आइतबारका दिन हुने सो भब्य कार्यक्रममा साइप्रस को सुन्दर नगर लिमासुल स्थिती भेटघाट रेस्टुरेन्टमा उपस्थितीको लागि तमु समाज साइप्रसले साइप्रसमा रहेका अन्य सघ ,सस्था समाजसेवी ,प्रत्रकार,साइप्रसमा रहेका तमु गैर तमु दाजुभाई तथा दिदिबहिनीहरुलाई गरिमामय उपस्थिती को लागि अनुरोध गरेको छ ।
तमु च्यु ल्होसार कार्यक्रम साइप्रस स्थान :- भेटघाट रेस्टुरेन्ट लिमासुल साईप्रस मिती:-जनवरी ५ २०२० आईतबार समय :-१०;०० बजे बिहाना

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...