गण्डकी प्रदेशमा थप नया ४ जना कोरोना संक्रमित।

अन्य

गण्डकी प्रदेशमा थप नया ४ जना कोरोना संक्रमित।
मे २८ काठमाडौँ :- गण्डकी प्रदेशमा थप ४ जनामा कोरोना पुष्टि भएको छ ।स्याङ्जा जिल्ला वालिङका २ जना पुरुष र १ जना महिला, तथा नवलपरासी बर्दघाट सुस्ता (पूर्व) का १ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जनाएका छन् । उनका अनुसार बिहीबार वालिङको क्वारेन्टिनमा रहेका २६ र २२ वर्षीय पुरुष र ३९ वर्षकी महिला तथा बर्दघाट सुस्ता (पूर्व) का १९ बर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको हो । संक्रमितलाई उपचारका लागि स्याङ्जा जिल्ला अस्पतालमा ल्याउने तयारी भइरहेको निर्देशक डा. शर्माले जनाए । यसअघि मंगलबार मात्र सोहि स्थानका २९ र २० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो । त्यसैगरी प्रदेशको बागलुङ जिल्लाको तमानखोला गाउँपालिकाको क्वारेन्टाइनमा रहेका ४ र बडिगाड गाउँपालिकाको क्वारेन्टाइनमा रहेका २ जनामा बुधबार कोरोना संक्रमण पुष्टि भएको थियो । यस संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १६ पुगेको छ । बागलुङमा यस अघि भेटिएका २ जना संक्रमित उपचारपछि घर फर्कीसकेका छन् भने नवलपुरका २ जना उपचाररत रहेको छन् । यस अघि संक्रमित एक जना लमजुङका भनिएका बालक भने धादिङ् जिल्लाका भएको बताइएको छ ।

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (1 भोटहरु, 5 मध्य औसत: 5.00)
Loading...