तमु प्ये ल्हु संघ केन्द्रले बोन्पो लम् भेलाको आयोजना गर्ने ।

जनजाती बिशेस

तमु प्ये ल्हु संघ केन्द्रले बोन्पो लम् भेलाको आयोजना गर्ने ।

सेप्टेम्बर ०७ पोखरा :-तमु प्ये ल्हु संघको अधिकारिक मान्यता र तमु जातिको मौलिक प्येताँ ल्हुताँ वमोजिम तमु वोँन धर्म अन्तर्गतका धर्मगुरुहरु पच्यु, क्ल्हेप्री र वोँन्पो लम तमु जातिको ती तीन खेगीहरु मध्ये वोन्पो लम धेरै पिछडिएको अर्थात ओझेलमा परेको खेगी मध्ये न्यून संख्यामा सिमित क्षेत्रमा रहेको वोँन्पो लम लोपोन्मुख अवस्थामा पुगेको छ। केही वोन्पो लमहरु आफ्नो मौलिक परम्परागत संस्कार सँस्कृति त्यागेर फरक कर्मकाण्ड गरी नयाँ पहिचान कायम गर्न थालेका छन् यी यस्तै विविध कारणहरुले गर्दा मौलिक तमु खेगी वोन्पो लम लोप हुदै गएको दुःखद अवस्था छ । यस्तो जीर्ण अवस्थामा पनि आफ्नो मौलिक पहिचानलाई आत्मासात गर्दै परम्परागत वोँन धर्मिक आस्था, विश्वास र अभ्यासलाई कर्तव्यनिष्ठ रुपमा निरन्तरता दिँदै आएको वोन्पो लमहरुको संगठित स्वरुप निर्माण गरी यथोचित उत्थान गराउन तमु प्ये ल्हु संघले प्रथम वोँन्पो लम भेला आयोजना गर्ने भएकोछ ।

तमु प्ये ल्हु संघ प्रवास शाखाहरुको सहयोग तथा तमु प्ये ल्हु संघ केन्द्रीय समितिको संरक्षकत्वमा तमु प्ये ल्हु संघ जिल्ला समिति कास्कीको आयोजना एवं तमु प्ये ल्हु संघ जिल्ला समिति लमजुङ र तमु प्ये ल्हु संघ जिल्ला समिति गोरखाको सह–आयोजनामा यही आउँदो २०७४ कार्तिक २४, २५ र २६ गते तदानुसार १०, ११ र १२ नोभेम्बर २०१७ मा फलिना क्होँईवोँ, पोखरा लेखनाथ– ११, रानिपौवामा देशभरका तमु वोँन्पो लमहरुको विशाल सहभागिता रहनेगरि प्रथम तमु वोँन्पो लम भेला आयोजना गर्न गईरहेको छहा ।त्यस भेलामा देशभरका विभिन्न जिल्लाहरुमा रहेका सबै तमु वोँन्पो लम धर्मगुरुहरुलाई सम्पर्कमा आई उपस्थिति जनाई दिनु हुन एवं सम्बन्धित तथा सरोकारवाला महानुभावहरुले आफ्नो नजिकमा रहेका वोँन्पो लमहरुलाई तमु प्ये ल्हु संघमा सम्पर्क गराई दिनु हुन तमु प्ये ल्हु संघ केन्द्र द्वारा अनुरोध गरिएको छ ।

त्यसैगरि प्रथम तमु वोँन्पो लम भेलाको शोभा बढाई भेलालाई भव्य र सभ्य रुपमा सफल बनाई दिनु हुन तमु प्ये ल्हु संघका सम्पूर्ण जिल्ला शाखा तथा ईकाईहरु, विभिन्न तमु संघ–सँस्थाहरु, विभिन्न तमु समाजहरु र देशभरका सम्पूर्ण तमुहरुलाई विनम्र निवेदन सहित हार्दिक आव्हान गरिएको छ ।

सम्पर्कः-

१) धन बहादुर टु क्ल्हेप्री तमु (गोरखा): ९८६१०५६२०५८

२) क्या. मिल बहादुर चोर्मी तमु (लमजुङ): ९८४६०७४६६०

३) मनमाया टु क्ल्हेप्री तमु (लमजुङ): ९८४६०७४४५३

४) ओम बहादुर प्हच्यु तमु (कास्की): ९८४६०३०७३३

५) बिष्णु भुज तमु (कास्की): ९८५६०३३९९६

 

आयोजक:- तमु प्ये ल्हु संघ केन्द्रिय कार्यालय पोखरा

 

यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...