जाजरकोटमा सिस्नु हानेर मनाईन्छ माघे सक्रान्ति पर्व |

समाज

जनवरी १५ जाजरकोट :-जाजरकोटको गाउँगाउँमा सिस्नु हानाहान गरि माघी पर्व मनाउन शुरु भएको छ, नलगाड नगरपालिका, वारेकोट गाउँपालिका, भेरी नगरपालिकामा सिस्नु हानाहान गरी माघी पर्व मनाइन्छ ।मामाको छोरीलाई फूपूका छोराले सिस्नु हान्ने, साली, भिना, सोल्टी, सोल्टिनाबीच सिस्नु हानाहान गरेर मनाउने गरिन्छ ।

सिस्नु हानाहान गर्नका लागि अन्य जिल्लाका स्थानीयवासी यहाँ आउने गर्छन् । आजको दिन सिस्नुले नहानेमा सुँगुरको जुनी पाइने धार्मिक मान्यता रहेको छ । साथीभाइबीच जिस्किएर सिस्नु हान्ने चलन पनि रहेको छ ।सिस्नु घुँडाबाहेक अन्यत्र हान्न नपाइने व्यवस्था भएको, कतिपयले सिस्नु हान्दाहान्दै विवाहसमेत हुने गरेको छ । सिस्नु खेल्नका लागि मामाघर, माइती जाने चलनसमेत रहेको छ । रासस


यो लेख कस्तो लाग्यो? मूल्याङ्कन गर्नुहोस।

नराम्रोठिकैराम्रोधेरै राम्रोउत्कृष्ट (कुनै मूल्याङ्कन भएको छैन)
Loading...